default_image

7 years ago

June 2, 2019

स्पाइरल र विद्यामन्दिर क्वाटरफाइनलमा

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको स्पाइरल ग्यालेक्सी स्कुल र विद्यामन्दिर बाग्लुङ राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको खेलमा स्पाइरलले गीतान्जली कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । स्पाइरलले पहिलो सेट २५–२१ ले जितेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा २६–२४ को जित निकालेको स्पाइरलले तेस्रो सेट २५–२१ ले जित्न सफल भएको थियो ।

आइतबारको अर्काे खेलमा विद्यामन्दिर बाग्लुङले स्प्रिङडेल भक्तपुरलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २२–२५ ले गुमाएको विद्यामन्दिरले त्यसपछिको तीनै सेट २५–२१, २५–२१ र २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

लिटिल बुद्ध मावि महेन्द्रनगरले जनप्रभात मावि कालिकोटमाथि ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा लिटिलबुद्ध मावि १७–२५, २५–७, २५–२२, २१–२५ र १७–१५ ले विजयी भयो ।

पिताम्वर मावि स्याङ्जाले एन्जल्र्स हर्ट स्कुललाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्न सफल भयो । पिताम्वरले २५–२०, २५–२०, १५–२५, २१–२५ र १५–११ को जित निकाल्यो । सामाखुशी इंग्लिस बोर्डिङ स्कुलले सिद्धार्थ बहुमुखी क्याम्पसमाथि २२–२५, २५–२२, २५–२२ र २५–२० को जित निकाल्दै अन्तिम अन्तिम आठमा पुग्न सफल भयो ।

२१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.