7 years ago
June 4, 2019
चितवन (हाम्रो खेलुकद) – पाँचौ संस्करणको चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता यही शुक्रबारदेखि हुने भएको छ ।

एभरेष्ट क्लव चितवनले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पाँचौ संस्करण शुक्रबारदेखि शुरु हुने र प्रतियोगितामा देशभरका १६ टोलीको सहभागिता रहने जानकारी गराएको छ ।
च्याम्पियनसिप जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा जेठ २४ देखि असार ७ गते सम्म हुने छ । क्लवका अध्यक्ष अशोक देवकोटाले जिल्लावाहिरका ८ टिमसहित कुल १६ टिमको सहभागिता रहेको जानकारी गराए ।

प्रतियोगितालाई हानामी इन्टरनेशनल एजुकेशनले पाँच वर्षसम्मको लागि मुख्य प्रायोजन गरेको छ । यससँगै च्याम्पियनसिप ‘हानामी चितवन च्याम्पियनसिप कप’ का नामले सञ्चालन हुनेछ ।
प्रतियोगितामा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र गैडाकोटसहित नारायणगढ फुटवल क्लव, राप्ती रिभर फुटवल क्लव, नारायणी मोटर्स युनिक फुटवल क्लव, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, सशस्त्र प्रहरी वल भण्डारा, जु फुटवल क्लव जुगेडी, हर्दी युवा समाज भण्डारा, भैरव स्पोर्टस क्लव नवलपरासी, रामपुर फुटवल क्लव, सुनधारा फुटवल क्लव, वसन्तपुर युनाईटेड क्लव माडी, देशभक्त फुटवल क्लव, हानामी एभरेष्ट क्लव र अभिषेक चर्च नवलपरासीले सहभागीता जनाउनेछन् ।

च्याम्पियनसिपको च्याम्पियनले ३ लाख रुपैया हात पार्नेछ । दोस्रोले १ लाख ५० हजार तथा तेस्रो ले ५० हजार रुपैया प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, डिफेन्डर र गोलरक्षकले जनही १० हजार रुपैया पाउनेछन् ।
नकआउटका आधारमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र फोर ब्रदर्स गैडाकोटबीच प्रतिस्पर्धा हुनेछ । गैडाकोट गत वर्षको च्याम्पियन हो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]