default_image

7 years ago

June 8, 2019

पिस प्वाइन्टलाई केभीएस कप

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पिस प्वाइन्टले प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले प्राक्सिस्लाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि गौरव महर्जन, विकास साउद र कुशल थापा मगरले गोल गरे । प्राक्सिस्का लाक्पा लामाले सान्त्वना गोल फर्काए । प्राक्सिस्का पेम्बा शेर्पा ‘म्यान अफ द म्याच’ घोषित भए ।

उपाधिसंगै पिस प्वाइन्टले ५० हजार तथा प्राक्सिस्ले ३० हजार नगद पुरस्कार हात पारे । सेमिफाइनलमा रोकिएका दुवै टिम शुभयुग र पायोनियरले समान १०–१० हजार नगद पुरस्कार हात पारे ।

काठमाडौं विनायक शिक्षालय (केभीएस) द्वारा आयोजित प्रतियोगितामा प्राक्सिस्का सुजित योञ्जन ‘म्यान अफ द सिरिज’ चुनिए । प्रतियोगिताभर ९ गोल गरेका पायोनियरका करण तामाङ सर्वाधिक गोलकर्ता बने । गोलरक्षकमा प्रस्फुटनका सोहन श्रेष्ठ तथा डिफेन्समा एजिएमका रञ्जन यादव उत्कृष्ट ठहरिए । कोलम्बसले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, केभीएसका प्रिन्सिपल सम्झना लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १५ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.