default_image

6 years ago

June 13, 2019

सर्वाधिक धनराशिको स्कुनर च्याम्पियनसिप असार चौथो साता

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप असार चौथो साता आयोजना हुने भएको छ ।

आयोजक चामुन्डा स्पोर्टस् क्लबले बिहीबार राजधानमिा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिला संस्करणको प्रतियोगिता असार २२ बाट साउन १ गतेसम्म हुने जानकारी गराएको हो ।

विश्वमा लोकप्रिय भइरहेको स्नुकर पछिल्लो समय नेपालमा पनि लोकप्रिय भइरहेको अवस्थामा आयोजकले राष्ट्रिय खेलाडीहरु उत्पादन गरी खेलाडीहरुको मनोवल बढाउनुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान अनि खेलाडीहरुको संरक्षणको लागि प्रतियोगिता आयोजना गर्न लागेको जित नेपाल विलियर्ड स्नुकर तथा पुल संघका अध्यक्ष सरोज कुमार मुल्मीले जानकारी गराए ।

च्याम्पियनसिपमा देशभरबाट कविर २ सय ५६ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । च्याम्पियनसिपको विजेताले २ लाख रुपैया हाता पर्नेछन् । दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुने २ जनाले ३०–३० हजार रुपैया पाउनेछन् ।

च्याम्पियनसिपको उत्कृष्ट खेलाडीः १० हजार रुपैया प्राप्त गर्नेछन् । यस्तै हाइएस्ट ब्रेक ७५ स्कोर पार गर्नेलाई ३० हजार र सेन्चुरी ब्रेकले ५० हजार रुपैया पाउनेछन् । च्याम्पियनसिपको शीर्ष १६ खेलाडीलाई मेडल, ट्रफी, प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरिनेछ ।

प्रतियोगितामा अनुमानित रकम करिव १७ लाख रुपैया रहेको छ । च्याम्पियनसिपलाई नेपाल विलियर्ड स्नुकर तथा पुल संघले सहयोग गरेको छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.