6 years ago
June 17, 2019
नुवाकोट (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगितामा तेस्रो स्थान हात पारेका छन् ।

जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।
एकपक्षीय बनेको खेलमा आर्मीले पुलिसमाथि २५–१८, २५–२१ र २५–९ को सहज जित निकाल्यो । तेस्रो स्थान हात पारेसँगै आर्मीले ४० हजार रुपैया प्राप्त गरेको छ । फाइनल खेलमा आर्मीकी मनिषा ठकुरी खेलको वुमन अफ दि म्याच घोषित भइन् । उनले १ हजार रुपैया पाइन् ।
आजै प्रतियोगिताको फाइनलमा घरेलु महिला भलिबलको दुई सशक्त टोली नेपाल एपीएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीबीच प्रतिस्पर्धा हुदैछ । खेल ३ बजेपछि शुरु हुदैछ । उक्त फाइनल खेल हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।
जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा भएको प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ७५ हजार तथा तेस्रोले ४० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार र व्यक्तिगत विधाका स्पाइकर, सेटर, ब्लकर, लिवेरो र सर्भरले जनही ३ हजार पाउनेछन् ।
प्रतियोगितामा सात टोलीको सहभागिता रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]