default_image

6 years ago

June 20, 2019

टोखामा नगरस्तरीय अन्तर विद्यालय खेलकुद हुने

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप अन्तर विद्यायलय स्तरीय खेलकुद प्रतियोगिता आजदेखि आयोजना हुने भएको छ ।

विभिन्न विद्यालयको समन्वयमा टोखा नगरले विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ६ असारदेखि ११ असारसम्म आयोजना गर्न लागेको टोखा नगरका मेयर प्रकाश अधिकारीे जानकारी गराए ।

प्रतियोगितामा पुर्व प्राथमिक विद्यालयदेखि कक्षा १० सम्म विभिन्न चार खेलमा प्रतिस्पर्धा हुनेछ । जसमा फुटसल, दौड, ब्याडमिन्टन र रग्वी रहेका छन् । प्रतियोगितामा टोखा नगरका सामुदायिक तथा संस्थागत करिव ४० विद्यालयको सहभागिता रहने छ ।

पहिलो दिन फुटसलका खेलहरु आयोजना हुनेछ । दोस्रा दिन दौड हुनेछ । जसमा ५ कक्षासम्म १०० मिटर दौडमा छात्र/छात्रा, ५ देखि ८ कक्षासम्म २०० मिटरमा छात्र’छात्रा खुल्लामा मिनि म्याराथनमा छात्र÷छात्रामै प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन ब्याडमिन्टनमा कक्षा ८–१०, छात्र’छात्रामा प्रतिस्पर्धा हुनेछ ।

चौथो दिन पुर्व प्राथमिक तहका विद्यार्थीहरुबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ । अन्तिम दिन ११ गते रग्वीमा छात्र/छात्रामै प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक अर्जुन श्रेष्ठले जानकारी गराए । प्रतियोगिताको लागि करिव ७ लाख खर्च हुने आयोजक टोखा नगरपालिकाले जनाएको छ । प्

रतियोगिताको उद्घाटन टोखा नगपालिकाका मेयर प्रकाश अधिकारीले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको अनुमानित लागत करिव ७ लाख रुपैया रहेको छ । प्रतियोगिताको बिजेताले शिल्ड र मेडल पाउनेछन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.