6 years ago
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुस्ती संघले यही शनिबार गर्न लागेको चुनावी साधारण सभालाई राष्ट्रिय खेलकुद परिषदले स्वीकृती नदिएको संघले जनाएको छ ।

संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शनिबार हुने भनिएको नेपाल कुस्ती संघको चुनावी साधारण सभालाई राखेपले पटक पटक पहल गर्दा पनि स्वीकृती नदिएको संघका अध्यक्ष नारायण देव राणाले बताए ।
संघ र परिषदबीच चुनाव गर्ने विषयमा यसअघि नै सहमति भएपनि पछिल्लो समय राखेपले चुनावलाई स्वीकृति नदिएको, संघका अध्यक्षले बारम्बार टेलिफोन सम्पर्क गर्दा टेलिफोन नउठाएको, कार्यालयमा भेट गर्न नपाएको जस्ता विषयहरु आएपनि संघको निर्वाचन तोकिएकै मितिमा हुनेमा आंशका गरिएको छ । तर, परिषदले संघको निर्वाचनलाई स्वीकृति दिनेमा आशावादी रहेको र तोकिएकै मितिमा चुनाव हुनेमा विश्वस्त रहेको अध्यक्ष नारायण देव रानाले बताए ।
नेपाल कुस्ती संघको चार वर्षीय कार्यकाल २०७६ जेठ २४ गते सकिएको थियो । संघको यसअघि २०७२ जेठ २५ गते निर्वाचन भएको थियो । नयाँ कार्यसमितिका लागि कानुनी प्रावधान अनुसार राष्ट्रिय खेलकुद परिषदलाईलाई पत्र पठाएपनि परिषदबाट यसबारे कुनै जवाफ नआएको संघका अध्यक्ष जानकारी गराएको छ ।
कुस्ती विश्वमा सबैभन्दा पुरानो र सन् १८९६ मा भएको पहिलो ओलम्पिक खेलमा समावेश भएका ३ खेलमध्ये एक खेल हो । कुस्ती २०४४ देखि राष्ट्रिय खेलकुद परिषद राखेपमा दर्ता भएको पुरानो खेल हो । कुस्ती संघले १४ राष्ट्रिय प्रतियोगिता र १ महिला राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ ।
अन्तर्राष्ट्रिय जगतमा मुख्य गरी ८ साग गेम्समा कुस्तीले ८ वटा नै पदक जित्न सफल भएको छ । कुस्तीले ६ एसियन गेम्समा पनि सहभागिता जनाएका छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]