6 years ago
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मीपुर स्कुलका सुनिल श्रेष्ठ र अंशिका डंगोल टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगतको मिनि म्याराथनमा पहिलो भएका छन् ।

भुतखेल मैदानमा शनिबार बिहान भएको मिनि म्याराथन (४ किमी) दौडमा सुनिल ब्वाइजमा र अंशिका गल्र्समा पहिलो भएको हो । दुवै लक्ष्मीपुर स्कुलका हुन् । पुरुषमा रोना स्कुलका जीवन विके दोस्रो र सफल श्रेष्ठ तेस्रो भए । गल्र्समा लक्ष्मीपुरकी अनुषा श्रेष्ठ दोस्रो र ग्रीनल्यान्डकी सुजाता गिरीले तेस्रो स्थान हात पारिन् ।
२०० मिटर दौड ब्वाइजमा दीपज्योतिका सवन विके पहिलो, नेपाल मोडेलका अभिषेक बुढाथोकी दोस्रो र चन्द्रविन्दुका सद्धाम हुसेनले तेस्रो स्थान हात पारे । गल्र्स २०० मिटरमा सरस्वती स्कुलकी पुर्नि तामाङ पहिलो, लक्ष्मीपुरकी सविना अधिकारी दोस्रो तथा हिमालयकी विनिता कटुवाल तेस्रो भइन्
१०० मिटर दौड ब्वाइजमा कान्तिपुर स्कुलका रजित मगर पहिलो, तिलिङ्गाटारका टोप बहादुर गुरुङ दोस्रो र बौद्धेश्वरका अमर तामाङ तेस्रो भए । गल्र्समा मनोहरकी सरिता भण्डारी पहिलो, किड्सकी सन्तोषी पाण्डे दोस्रो र सरस्वतीका प्रतिमा तामाङले तेस्रो स्थान हात पारिन् । विजयी खेलाडीहरुलाई प्रतियोगिताको अन्तिम दिन पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियागिताको विजेताले शिल्ड र मेडल प्राप्त गर्नेछन् ।
टोखा नगरपालिकाको आयोजनामा विभिन्न विद्यालयको समन्वयमा टोखा नगरले विभिन्न चार खेल समेट्दै विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ६ असारदेखि ११ असारसम्म आयोजना हुदैछ ।
अब ब्याडमिन्टन र रग्वी खेल रहेका रहेका छन् । ब्याडमिन्टन आज हुनेछ । अन्तिम दिन ११ गते रग्वीमा छात्र÷छात्रामै प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको लागि करिव ७ लाख खर्च हुने अनुमान गरिएको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]