6 years ago
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओडिसी एकेडेमी र लक्ष्मीपुर माध्यमिक विद्यालयको रग्वी टोली टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगतको रग्वीको फाइनलमा प्रवेश गरेका छन् ।

ओडिसी ब्वाइजमा तथा लक्ष्मीपुर गर्ल्सतर्फको फाइनलमा प्रवेश गर्न सफल भएका हुन् । मंगलबार भएको ब्वाइजतर्फको सेमिफाइनलमा ओडिसीले लक्ष्मीपुरलाई ३–० ले हरायो । ब्वाइजमा सरस्वतीले अमर माविलाई १–० ले पराजित गर्दै फाइनलमा ओडिसीसँगको भेट पक्का ग¥यो ।
गर्ल्समा लक्ष्मीपुरले ओडिसीलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनायो । अर्काे सेमिफाइनलमा पारामाउन्टले सरस्वतीलाई २–० ले पराजित गर्दै फाइनलमा लक्ष्मीपुरसँगको भेट पक्का ग¥यो ।
दुवै फाइनल बुधबार हुने आयोजकले जनाएको छ । बुधबार नै प्रतियोगिताको समापन तथा पुरस्कार वितरण हुने आयोजकले जनाएको छ ।
टोखा नगरपालिकाको आयोजनामा टोखा नगरका विभिन्न विद्यालयको संयोजनमा अन्तर स्कुल स्तरीय चार विधामा प्रतिस्पर्धा भएको थियो । जसमा फुटसल, दौड, ब्याडमिन्टन र रग्वी खेल समावेश थिए । विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गत ६ असारबाट शुरु भएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]