default_image

6 years ago

June 26, 2019

सरस्वती र लक्ष्मीपुरलाई उपाधि

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती मावि र लक्ष्मीपुर माध्यमिक विद्यालयको रग्वी टोलीले टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता अन्तरगतको रग्वीतर्फको उपाधि जितेका छन् । सरस्वतीले ब्वाइजमा तथा लक्ष्मीपुरले गल्र्समा उपाधि जितेका हुन् ।

टोखास्थित भुतखेल मैदानमा बुधबार भएको ब्वाइजको फाइनल खेलमा सरस्वतीले ओडिसी एकेडेमीमाथि १ को ट्राइमा पराजित गरेको हो । निर्धारित २० मिनेटको खेलको चौथो मिनेटमा सस्वतीका ले १ ट्राइ गरेका थिए । सोही ट्राइ नै सरस्वतीलाई उपाधि जित्न पर्याप्त बन्यो ।

ब्वाइजमा लक्ष्मीपुर माविले तेस्रो स्थान हात पा¥यो । निर्धारित समयमा कुनै ट्राइ नभएपछि सरस्वतीले बल ड्रपका आधारमा अमर स्कुललाई पछि पारेको हो । गल्र्समा लक्ष्मीपुरले बल ड्रपका आधारमा पारामाउन्ट एकेडेमीलाई पछि पार्दै उपाधि जित्न सफल भयो । निर्धारित समयमा कुनै ट्राइ नभएपछि अफिसियलले सरस्वतीलाई ट्राइको आधारमा विजयी घोषणा गरेको हो ।

रग्वीमा निर्धारित समयमा दुवै टोलीबाट कुनै ट्राइ नभए ‘बल ड्रप’ लाई आधार मानेर विजेता घोषणा गरिने प्रावधान छ । सरस्वतीले ओडिसीलाई ३–१ को ट्राइमा पराजित गर्दै तेस्रो स्थान हात पा¥यो । विजयी खेलाडीहरुले शिल्ड, ट्रफी र मेडल हात पा¥यो । विभिन्न ४ विधामा भएको विजेताहलाई बुधबार नै पुरस्कृत गरिएको थियो ।

फुटसलमा दिपज्योति पहिलो, ग्रीनल्यान्ड दोस्रो अमर मावि तेस्रो भएको थियो । मिनि म्यारथनमा लक्ष्मीपुर स्कुलका सुनिल श्रेष्ठ र अंशिका डंगोल पहिलो भएकी थिइन् । २०० मिटर दौड ब्वाइजमा दीपज्योतिका सवन विके पहिलो तथा गल्र्समा सरस्वती स्कुलकी पुर्नि तामाङले पहिलो स्थान हात पारेकी थिइन् ।

१०० मिटर दौड ब्वाइजमा कान्तिपुर स्कुलका रजित मगर पहिलो तथा गल्र्समा मनोहरकी सरिता भण्डारी पहिलो भएका थिए । ब्याडमिन्टनको ब्वाइज एकलमा कान्तिपुर इंग्लिस स्कुलका रोशन पोखरेल र गल्र्स एकलमा दिपज्योति आवासिया माविकी थिम कुमारी अढाई च्याम्पियन बनेकी थिइन् । ब्वाइज डबल्र्समा तिलिङ्गाटारका सन्दीप लोहनी र समि चौधरीको जोडी पहिलो तथा गल्र्समा डबल्र्समा मनोहर माविकी बिना राना र कुशिला राईको जोडी पहिलो भएका थिए ।

विजयी खेलाडहरुलाई रक्षामन्त्री इश्वर पोखरेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानुमाया डंगोल लगायतले पुरस्कृत गरे । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरका विभिन्न विद्यालयको संयोजनमा अन्तर स्कुल स्तरीय चार विधामा प्रतिस्पर्धा भएको थियो । जसमा फुटसल, दौड, ब्याडमिन्टन र रग्वी खेल समावेश थिए ।

टोखा नगरपालिका स्तरीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता गत ६ असारबाट शुरु भएको थियो । प्रतियोगितामा टोखा नगरका विभिन्न ४० भन्दा बढी स्कलले सहभागिता जनाएका थिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.