default_image

6 years ago

June 28, 2019

सुकमानलाई जिम्मेवारी

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उमा कुङफु बूढानीलकण्ठ क्लबका प्रमुख प्रशिक्षक सुकमान लामालाई नेपालमा लायन एन्ड ड्रागन डान्सको तालिम गराउन चीनको ग्वाङझाव विश्वविद्यालयले जिम्मेवारी प्रदान गरेको छ ।

क्लबको आयोजनामा भएको लायन एन्ड ड्रागन डान्स तालिमको समापनका अवसरमा शुक्रबार उप प्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले ग्वाङझाव विश्वविद्यालयबाट प्राप्त पत्र सुकमानलाई हस्तान्तरण गरे । १५ दिने तालिममा ५० खेलाडी सहभागिता थिए ।

उनीहरुलाई ग्वाङझाव विश्वविद्यालयका ग्रान्ड मास्टर लि डोङवियोले प्रशिक्षण दिएका थिए । सो अवसरमा गत डिसेम्बरमा थाइल्यान्डको फुकेटमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान पनि गरिएको थियो ।

स्वर्ण विजेता आयुब घिमिरे, सौन्दर्य गुरुङ, आर्यन राई, सुनबहादुर तामाङ र सियन तामाङ तथा रजतधारी चिराग पौडेल सम्मानित भए । त्यस अवसरमा लिलाई पनि सम्मान गरिएको थियो ।

उप प्रधानमन्त्री एवं रक्षा मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले पदक विजेतालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.