6 years ago
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका असिम शेरचन र विभागीय त्रिभुवन आर्मी क्लबकी आइसा तामाङ राजधानीमा शुक्रबारबाट शुरु भएको लक्ष्मी कुमार श्रेष्ठ मेमोरियल छैटौ इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा असिम पुरुषतर्फको रिकर्भ मेन्स इन्डिभिजुअलको तथा आइसा रिकर्भ महिला इन्डिभिजुअलको फाइनलमा प्रवेश गर्न सफल भएको हो । पुरुषतर्फ रोशन नगरकोटी र महिलामा मित्र राईले फाइनलमा स्थान बनाए ।
कास्कीका असिम शेरचनले पुलिसका खुम कुमाललाई ६–४ मा हराए । आर्मीका रोशनले पुलिसका प्रेम प्रसाद पुनलाई ६–० मा हराए । महिलामा आर्मीकी आइसा तामाङले कास्कीकी विष्णुमाया लिम्बुलाई ७–१ म हराइन् । यस्तै अर्काे सेमिफाइनलमा मित्रा राईले कास्कीकी रश्मी दर्लामीलाई ६–४ ले हराइन् ।
रिकर्भ मेन्स टिममा आर्मी र नेपाल मगर समाजले फाइनलमा भेट पक्का गरे । आर्मीले कास्कीलाई ६–४ ले तथा नेपाल मगर समाजले पुलिसलाई ६–२ ले हारए ।

कम्पाउन्ड मेन्स एण्ड वुमन्समा राजधानी दैनिकका सनातन मल्लले कास्कीका योगेन्द्र शेरचनलाई १ स्कोरमा हराउदै फाइनलमा स्थान बनाए । सनातनले १३७ र योगेन्द्रले १३६ अंक जोडे । अर्काे सेमिफाइनलमा बेस्टका प्रसाद आचार्यले थसाङ स्पोर्टस् क्लबका रमेश भट्टचनलाई पराजित गर्दै फाइनलमा पुग्न सफल भए । प्रसादले १३१ तथा रमेशले १३० अंक जोडे ।
स्ट्यान्टडर्ड मेन्स एकलमा अन्नपुर्णका राजकुमार छन्त्याल र अन्नपुर्णकै सुमन गुरुङले फाइनलमा स्थान बनाए । राजकुमारले हिमालयन भोटेका राजु छन्तयाललाई तथा सुमनले बेस्टका प्रान्जल राईलाई समान ६–० ले हराए ।
स्ट्यान्टडर्ड गल्र्स एकलमा अन्नपुर्णकी अनुषा गुरुङ र बेस्टकी आस्ना लामाले फाइनलमा भेट पक्का गरिन् । अनुषाले आर्मीकी कल्पना अधिकारीलाई ६–० ले तथा आस्नाले आर्माीकी मन्जु बजगाईलाई ६–२ ले हराइन् ।
स्ट्यान्टडर्ड मेन्स टिममा अन्नपुर्ण आर्चर क्लब र नेपाल आर्मीले फाइनलमा स्थान बनाए । अन्नपुर्णले थसाङलाई ५–३ ले तथा आर्मीले हिमालयन भोट क्लब काठमाडौंलाई ६–२ ले हराए ।
स्ट्यान्टडर्ड मिक्स टिममा अन्नपुर्ण आर्चरी क्लबका अनुषा गुरुङ र राजकुमार छन्त्यालको जोडीले एपीएफकी गीता खत्री र लक्षुमन तामाङको जोडीलाई ६–० ले तथा बेस्टका आस्ना लामा र प्रान्जल राईको जोडीले आर्मीका मन्जु बजगाई रकमल दानीको जोडीलाई ६–४ ले हराएर फाइनलमा स्थान बनाए ।
प्रतियोगिताको सबै विधाका फाइनल खेल शनिबार हुनेछ । दुई दिने प्रतियोगिताको राखेपका उपाध्यक्ष पिताम्वर तिम्सिनाले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । च्याम्पियनसिपमा ४७ पुरुष र १९ महिला गरी कुल ६६ आर्चरहरुले सहभागिता जनाएका छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]