6 years ago
July 16, 2019
काठमाडाै (हाम्राे खेलकुद) – गण्डकी प्रदेशले११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगतकाे भलिबलमा दाेहाेराे उपाधि नितेकाे छ ।

गण्डकी छात्र र छात्रामा दुवै तर्फ च्याम्पियन बन्न सफल भएकाे हाे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा मङ्गलबार भएकाे छात्रातर्फकाे फाइनलमा गण्डकीले प्रदेश नं ५ लाई ३–२ को सेटमा पराजित गर्दै उपाधी जितेको हाे ।
गण्डकीले पहिलो दुई सेट २५–१८ र २५–१३ ले जितेर उपाधी नजिक पुगेपनि तेश्रो सेट २२–२५ ले र चाैथाे सेट २५–२७ ले गुमाउँदा खेल २-२ काे सेटमा पुगेकाे थियाे । तर, निर्णायक सेट गण्डकीले १५–७ ले जितेर उपाधि जित्न सफल भयाे । छात्रा तर्फको भलिबल उपाधी उचाल्न सफल रह्यो ।
छात्रतर्फ गण्डकीले सुदुरपश्चिम प्रदेशलाई ३-० काे सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयाे ।
निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २७-२५, २५-२२ र २५-२१ काे जित निकाल्न सफल भयाे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]