6 years ago
July 18, 2019
दिपक न्यौपाने (बुटवल) – बुटवल देबिनगरमा क्वीक्स कप जिल्ला स्तरीय अन्तर बिद्यालय छात्र तथा छात्रा नकआउट फुटबल प्रतियोगिता अर्काे सातादेखि आयोजना हुने भएको छ ।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बुटवल देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा करिव जिल्ला भरका ४० बिद्यालयसहभागि हुने अनुमान गरिएको छ । प्रतियोगिता ८ साउनबाट आयोजना हुदैछ।
छात्रतर्फ जिल्लाको विजेतालाई ३० हजार उपविजेतालाई १५ हजार तथा छात्रा तर्फ विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार रुपैंया नगद पुरस्कार सहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक तथा जिल्ला फुटबल संघ रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले हाम्रो खेलकुद डटकमलाइ जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र हाई स्कोररलाई जनही नगद २ हजार प्रदान गरिने छ । छात्रातर्फ उत्कृष्ट खेलाडी र ५ गोल भन्दा बढी स्कोर गर्नेलाई जनही नगद २ हजार रुपैंया पुरस्कार प्रदान गरिने छ । बिहान र साझ गरी दिनमा ४ वटा खेल खेलाइने बताइएको छ ।
जिल्लामा विजेता हुने टिम प्रदेश हुदै केन्द्रमा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ । प्रदेशमा पनि विजयी भएको टिम राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने प्रतीयोगीता संयोजक क्षेत्रीले बताए ।
केन्द्रमा बिजयी हुने टिमले ३ लाख रुपैंया नगद सहित अन्य पुरस्कार प्राप्त गर्ने बताइएको छ भने उपबिजेताले एक लाख पचास हजार प्राप्त गर्नेछन । यस्तै तेस्रो हुने टिमलाइ ७५ हजार तथा चौथो हुने टिमलाइ ५० हजार प्रदान गरिनेछ । साथै प्रतीयोगीताको छात्र तथा छात्रातर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकहरुलाइ पनि आर्कषक पुरस्कारसहित नगद ५ हजार प्रदान गरिने छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]