6 years ago
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को टोली मैत्रीपूर्ण क्रिकेट खेल्न शनिबार श्रीलंकाको कोलोम्बो जाँदै छ । जुलाई २१ देखि २८ तारिखसम्म हुने मैत्रीपूर्ण खेलअन्तर्गत एनसीएले ७ खेल खेल्ने छ ।

एनसीएले श्रीलंकाको बासुलिका क्रिकेट एकेडेमीसंग ३ खेल, एयर फोर्स र आर्मीसंग १–१ खेल तथा स्थानिय क्लबसंग २ खेल खेल्ने तालिका छ । सबै खेल ५० ओभरको हुने छ ।
खेलाडीमा उत्तम थापा मगर (कप्तान), अभिषेक कुँवर (उप कप्तान), सार्थक न्यौपाने, अभिषेक बुढाथोकी, रोचक यादव, इन्द्र देउवा, हरिश केसी, रोशन शाह, हिमाल न्यौपाने, रमेश बुढा, सुमित बुढाथोकी, इशान शेख र तनिश स्वप्निल रहेका छन् ।
प्रशिक्षकमा भरतकुमार शाही तथा व्यवस्थापकमा सरस्वती शाही छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रममा सदस्य–सचिव सिलवालले क्रिकेटको हित नचाहनेहरुका कारण क्रिकेटको विवादले निकास नपाएको बताउदै ६ महिना भित्र क्रिकेटको विवाद समाधान गर्ने गरी अगाडि बढिरहेको बताए ।
‘क्रिकेटलाई गति दिन नचाहनेहरुको कारण क्रिकेटको समस्या समाधान नभएको हो । संघ क्रिकेटलाई माथि उठाउन हो क्रिकेट संघलाई माथि उठाउनका लागि होइन ।’– सदस्य–सचिव सिलवालले भने– ‘छ महिनाभित्र क्रिकेटको समस्या समाधन गर्नेतर्फ अग्रसर छु । सकिन भने आईसीसीमा गएर भएपनि निकासका लागि पहल गर्छु ।’
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]