6 years ago
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– रेगन श्रेष्ठ र राजेन लामा सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को फाइनलमा प्रवेश गरेका छन् ।

बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा जारी प्रतियोगितामा रेगन श्रेष्ठले सोम लामालाई तथा राजेनले निर्मान बोगटीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
पहिलो सेमिफाइनलमा रेगनले सोम लामालाई ६–१ को फ्रेममा हराउदै उपाधि नजिक पुगे । दोस्रो सेमिफाइनलमा राजेनले साकुरा ओपनका च्याम्पियन निर्मानलाई ६–१ कै फ्रेममा हराउदै फाइनलमा रेगनसँगको भेट पक्का गरे । फाइनल शनिबार बिहान हुनेछ । यस प्रतियोगिताबाट खेलाडीहरुले आफ्नो वरीयता प्राप्त गर्नेछ ।
२२ असारबाट शुरु भएको च्याम्पियनसिपमा देशभरबाट करिव १ सय ५० खेलाडीको सहभागिता रहेको छ । च्याम्पियनसिपको विजेताले २ लाख रुपैया हाता पर्नेछन् । दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुने २ जनाले ३०–३० हजार रुपैया पाउनेछन् ।
च्याम्पियनसिपको उत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछन् । यस्तै हाइएस्ट ब्रेक ७५ स्कोर पार गर्नेलाई ३० हजार र सेन्चुरी ब्रेकले ५० हजार रुपैया पाउनेछन् । च्याम्पियनसिपको शीर्ष १६ खेलाडीलाई मेडल, ट्रफी, प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरिनेछ ।
प्रतियोगितामा अनुमानित रकम करिव १७ लाख रुपैया रहेको छ । च्याम्पियनसिपलाई नेपाल विलियर्ड स्नुकर तथा पुल संघले सहयोग गरेको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]