default_image

6 years ago

July 22, 2019

श्रीलंकामा पहिलो मैत्रीपूर्ण खेलमा नेक्सस पराजित

99 views

0 Bookmark

नेगम्बो (हाम्रो खेलकुद) – नेपाल बाईलेटरल सिरिज खेल्न श्रीलंका पुगेको नेक्सस क्रिकेट एकेडेमी (एनसीए) पहिलो मैत्रीपूर्ण खेलमा सेन्ट सेबस्टेन्स स्कुल तथा क्रिकेट एकेडेमीसँग ५६ रनले पराजित भएको छ ।

बासुलीका क्रिकेट एकेडेमीको निमन्त्रणामा श्रीलंका पुगेको एनसीए बासुलीका क्रिकेट एकेडेमी ५० ओभरको ३ दिने श्रीलंका (नेपाल बाईलेटरल सिरिज खेल्नु अघि श्रीलंकाका बिभिन्न प्रतिष्ठित स्कुल तथा एकेडेमीहरू संग ४ मैत्रीपूर्णखेल खेल्ने छ ।

सोमबार टस जितेर पहिला ब्याटिङ थालेको सेन्ट सेबस्टेन्सले ३४.३ ओभरमा अल आउट हुँदै २ सय १७ रनमा समेटिएको थियो। उसका लागि ब्याट्सम्यान दुलाजले सर्वाधिक ७७ रनको योगदान दिए । सेनुराले ३४ र सेभोनले २६ रन जोडे । एनसीएका हरिश केसीले ३ बिकेट, सार्थक न्यौपाने र अभिशेक कुवर ले समान २ विकेट लिए । रमेश बुढा, सुमित बुढाथोकी र एहसान शेखलेको नामा १–१ विकेट रह्यो ।

२ सय १८ रनको लक्ष्य पछ्याएको एनसीए ३०.१ ओभरमा अल आउट हुँदै १ सय ६१ रनमा समेटियो । कप्तान उत्तम थापा मगरले ४८, रमेश बुढाले २५, अविषेश बुढाथोकी १५,अभिशेक कुवर १६, रोचक यादब १२, इन्द्र देउबा ९ र रोशन शाहले ८ रन जोडे । त्यस्तै हरिश केसी ७, सुमित बुढाथोकी ६,हिमाल न्यौपानेले ५ र एहसान शेखले ५ रनमा आउट भए । सेन्ट सेबस्टेन्सका सुतुम ले ४ विकेट लिए । सम्पथले ३ र सुनेराले २ विकेट लिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.