6 years ago
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रको लागि भारोत्तोलन खेलमार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा तेश्रो नेपाल स्ट्रङ्गेष्ट २०१९ भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

काठमाडौं जिल्ला भारोत्तोलन संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरष गरि ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराईने छ ।
स्व. सुनिललालको जन्म स्थान मरु टोलस्थित मरु बैङ्गक्वेटमा हुने प्रतियोतिामा पुरुष र महिलातर्फका स्ट्रङ्गेष्ट खेलाडीकरुलाई तेश्रो नेपाल स्ट्रङ्गेष्ट ब्यानेटका साथै नगद ११ हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै वेष्ट लिफ्टरलाई ट्रफी प्रमाण पत्र तथा नयाँ राष्ट्रिय किर्तिमान बनाउने खेलाडीहरुलाई आर्थिक अभावका कारण विगतमा झै १ हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।
करिव १२ लाख ७९ हजार २ सयको लागत रहेको प्रतियोगितामा तीन विभागिय टोली र जिल्ला तथा क्लबका करिव ९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । बाहिरबाट आएका खेलाडीहरुको लागि खाने र बस्ने बाबा गेष्ट हाउस कलंकीले ब्यवस्था गर्ने भएको छ । प्रतियोगिता आईडब्लुएफ र एडब्लुएफको नियमानुसार खेलाईने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको लागि स्व. सुनिललाल जोशीको श्रद्धान्जलीका समयमा संघका पदाधिकारी लगायत धेरैबाट आर्थिक सहयोग गर्ने बचन बद्धता प्राप्त भएता पनि तेश्रो संस्करण सम्म आई पुग्दा सम्म कतैबाट पनि बचन पुरा नभएका कारण प्रतियोगिता संचालन गर्न कठिनाई भएको प्रतियोगिता संयोजक तथा जिल्ला संघका उपाध्यक्ष रुकेश तण्डुकारले जानकारी गराए ।
तण्डुकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले प्रतियोगितालाई रातोबुकमा पार्नका लागि आग्रह गरेको बताए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]