default_image

6 years ago

August 8, 2019

हिमाल र दीपकको जोडी दोश्रो चरणमा

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ‘बी’ का हिमाल मगर र दीपक केसीको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबार दोश्रो चरणमा प्रवेश गरेका छन् ।

सेबको मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा बाग्लुङका सोम पुन र दिनेश पुन, काठमाडौंका होम पुन र विकास छन्त्याल, काठमाडौंका सागर सेढाईं र सुरेश राई, बाग्लुङका चोपेन्द्र जिसी र प्रकाश जिसी, थ्री स्टारका विशाल गुरुङ र होम थापा, बाग्लुङका ओमप्रकाश जिसी र तिलक कुँवर, काठमाडौंका रमेश केसी र खिम ओली, चितवनका अब्दुल श्रेष्ठ र विशाल गुरुङ तथा काठमाडौंका हेम छन्त्याल र महेन्द्र शेरचनको जोडी दोश्रो चरणमा पुगेका छन् ।

नयाँ बसपार्कमा भइरहेको प्रतियोगितामा १ सय १७ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार, तेश्रोले २५ हजार र चौथोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.