default_image

6 years ago

August 11, 2019

राखेपको भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी गोष्ठी

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी आइतबार गोष्ठी आयोजना गरेको छ ।

सो गोष्ठीले भौतिक पुर्वाधार निर्माण समयमा नै सम्पन्न गर्नका लागि योजना बाँडफाँड र जवाफदेहिताको विषयमा छलफल गरेको थियो । १३ औं सागको भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने बताइएको छ ।

गोष्ठीको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनार ९विश्वकर्मा० ले गरेका थिए । उनले राखेपलाई आर्थिक रुपमा पारदर्शी रुपमा अगाडि बढाउने बताए । ‘सुशासन र संस्थागत विकासमा अबको राखेपले नयाँ मोड लिने छ ।’ उनले भने,‘अब कर्मचारीको दरबन्दीको समस्या हल भैसकेको छ ।’

उनले अपेक्षाकृत लगानी प्राप्त नभएका कारण सिमित साधन स्रोतमा नेपाली खेलकुद अगाडि बढेको बताए । उनले प्रदेश र स्थानीय तहमा भौतिक पुर्वाधार निर्माण हुने र ती पुर्वाधार गुणस्तरीय र समयभित्र नै सम्पन्न गर्नका लागि गोष्ठी कोशेढुंगा सावित हुने बताए ।

सदस्यसचिवले नीति र योजना बनाएर काम गर्ने परिपाटीएको विकास गर्न लागेको र आम जनसमुदायमा खेलकुदलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताए । उनले तोकिएको मिति भित्र काम सम्पन्न गर्नका लागि कार्य विभाजन गरेर अगाडि बढ्ने योजना बनाएको बताए । उनले विगतमा राखेपमा पेश्कि लिएर फछ्यौट नगर्ने परिपार्टी रहेको बताउँदै भने,‘विगतमा राखेपमा केहि बदमासी भएको देखियो । पेश्की लिन ेर समयमा पछ्यौट नगर्ने परिपार्टी रहेछ, अब यसको अन्त्य गर्नुपर्छ । मेरो कार्यकालमा पेश्किी घट्छ बढ्दैन ।’

उनले आर्थिक प्रशासनमा शुसासन कायम गरेपछि खेलकुदको छवि राम्रो हुने धारणा व्यक्त गरे । ‘स्वच्छ प्रशासन, पारदर्शिता, नीति नियममा काम गर्नुपर्छ । राष्ट्रिय ढुकुटीको दोहन गर्न पाइदैन । त्यस्तो गर्ने व्यक्तिको नाम सार्वजनिक गरिने छ ।’

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आर्थिक पारदर्शीतामा खेलकुद संघहरुलाई ल्याउने यस अघि पनि राखेपमा आफ्नो संयोजकत्वमा बनेको पेश्की फछ्यौट समितिले कार्य गरेर प्रतिवेदन बुझाएको बताए । उनले योजनाबद्ध रुपमा काम गर्दै नेपालको खेल क्षेत्रलाई समृद्ध बनाउने तयारी शुरु भएको बताए ।

महालेखा परिक्षक दामोदर पुडासैनले खेलकुदमा बर्षेनी बेरुजु बढिरहेको बताए । ११ सय ७४ जनाको नाममा बेरुजु रहेको बताउँदै भने, ‘यो कसैको पनि हितमा छैन । आर्थिक ऐन नियम विपरित जाने कोहि पनि बचेका छैनन् र कसैले पनि बचाउन सक्दैन ।’

उनले शुरुमा नै खरिद योजना बनाएर कार्यन्वन गर्न सुझाव समेत दिए । उनले देशमा ४० प्रतिशत खर्च असरामामात्र हुनु विडम्बना भएको बताए । उनले खेलकुद भौतिक पुर्वाधारको परफमेन्स अडिट टोली खताइएको र चैतसम्म संसदमा प्रतिवेदन पेश गर्ने बताए । ‘भौतिक पुर्वाधारको अवस्था कस्तो छ रु कति अपुग छ । भएर पनि त्यसलाई उपयोग गरिएको छैन कि रु लगायतको विषयमा अडिट हुन्छ ।’ उनले भने ।

अर्थमन्त्रालयका उपसचिव मोहनसिंह बस्नेतले असारको अन्तिममा रकामान्तरण गर्ने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले स्विकृत कार्यक्रममा ध्यान केन्द्रित गरेर काम गर्न आग्रह गर्दै भने, ‘सार्वजनिक खरिद ऐन संशोधन भएको छ । यसले काम गर्न थप सहज बनाएको मैले विश्वास लिएको छ । अब भदौ १५ भित्र टेन्डर आव्हान गरेर समयमा काम हुनेमा विश्वास छ ।’

कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख भोजराज पौडेलले अन्तिम महिनामा बढि खर्च गर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘कार्यक्रम स्वीकृत भैसकेर आइसकेकोले अब साउन महिनाभित्र तयारी गरेर, भदौ महिनामा ठेक्का पट्टाको सूचना आव्हान गरेर असोजभित्र सम्झौता गरिसक्नुपर्ने छ’ उनले भने,‘यसले समयमा नै तोकिएको लक्ष्य हासिल गर्न सहयोग गर्ने छ ।’

उनले दोस्रो चौमासिकको रकम माग गर्दा पहिलो चौमासिकको प्रगतिका ५० प्रतिशत कार्य भएको हुनुपर्ने बताए । उनले आर्थिक बर्ष समाप्त हुनु अघि २५ गतेभित्र खातापाता बन्द गरिसक्नुपर्ने नत्र पेमेन्ट नहुने समेत जानकारी दिएका थिए । गोष्ठी सोमबार सम्पन्न हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.