default_image

6 years ago

August 11, 2019

एनएसजेएफ झापामा खरेल

124 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको अध्यक्षमा हिमाल खरेल निर्वाचित भएको छन् ।

आइतबार बिर्तामोडमा सम्पन्न मञ्चको दोस्रो अधिवेशनले हिमाल खरेलको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदबाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएको थियो ।

हिमालले अध्यक्षका प्रत्यासी इन्द्रजित मुखियालाई ६ मतले पराजित गर्दै निर्वाचित भए । खरेलले ३२ तथा मुखियाले २६ मत प्राप्त गरे । उपाध्यक्षमा भने अमित खम्बू निर्विरोध निर्वाचित भए । सचिवमा अर्जुन राजवंशील सचित आनन्द सुब्बालाई दुई मतले पछि पारे ।

सहसचिवमा भूमिका सुब्बाले लिलाराज झापालीलाई ८ मतले पछि पारे । भुमिकाले ३३ तथा झापालीले २५ मत ल्याए । कोषाध्यक्षमा राजु पौडेलले ३१ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी बुद्ध तामाङले २७ मत ल्याए । तामाङ यसअघिको समितिमा कोषाध्यक्ष पदमा थिए ।

निर्वाचनमा ५९ मतमध्ये ५८ मत खसेको थियो । समितिको सदस्यमा आयुष निरौला, भारती राई, विष्णु श्रेष्ठ, कमल पाण्डे, प्रकाश बानियाँ र तिलक योञ्जन निर्विरोध चयन भए । समितिको बैठकले अन्य दुई जनालाई सदस्यमा मनोनित गर्ने प्रावधान छ ।

२०६६ सालदेखि निरन्तर नेतृत्व सम्हालेका अध्यक्ष रमेश समदर्शी राईको अध्यक्षतामा भएको अधिवेशनमा मञ्चका केन्द्रीय अध्यक्ष देवेन्द्र सुवेदी, पूर्व अध्यक्ष अजय फुयाल लगायतको उपस्थिति थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.