default_image

6 years ago

August 12, 2019

एसिया प्यासिफिक च्याम्पियनसिपमा तीन खेलाडी

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका तीन खेलाडीले थाइल्यान्डको बैंककमा आयोजना हुने एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

संघले सोमबार राजधानीमा १२औं दक्षिण एसियाली एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा तीन खेलाडीले एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने जानकारी गराएको छ ।

च्याम्पियनसिप अगस्ट १६ देखि १९ सम्म बैंककमा आयोजना हुदैछ । ४ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

खेलाडीमा ६५ केजीका स्वर्ण विजेता समिर श्रेष्ठ, वुमन्स मोडल फिजिक्समा स्वर्णधारी मल्लिका शाक्य र मेन्स फिटनेस फिजिक्सका रजतधारी राजु राई रहेका छन् । मेन्स एथ्लेटिक्स एन्ड फिजिक्स १६७ सेन्टिमिटरभन्दा माथि नरेश मालाकारले विश्राम लिने भएपछि राजुले मौका पाएको हो । टिम अफिसियलमा दिनेश राजभण्डारी रहेका छन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.