6 years ago
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इपिएल टोली काठमाडौं किंग्स एलेभेनलेको आयोजनामा दोस्रो संस्करणको कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता सोमवार देखी हुने भएको छ ।

प्रतियोगितामा कुल १५ टोलि सहभागी रहने छ । विभिन्न मिडिया हाउस, बैंक, इन्सोरेन्स, दुरसंचार कम्पनि लगायतका कर्पोरेट हाउसले सहभागिता जनाउने छन्। यस प्रतियोगिताले काठमाडौं किंग्स एलेभेनलाई ठूलो नाम र पहिचान दिलाउन मद्दत गर्ने अपेक्षा आयोजकले जनाएको छ ।
भाद्र २ गतेवाट सुरु भएर भाद्र ७ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेलहरु गोल्फुटार स्थित रोएल केसीटिसी इन्डोर क्रिकेटमा संचालन हुनेछन्। १० ओभरको इनिंग रहने प्रतियोगिताको हरेक टोलीमा ८ खेलाडी समावेश रहने छन्।
सहभागी १५ टोलीका कप्तान र प्रतिनिधि सम्मिलित कार्यक्रमबाट प्रतियोगिताको समूह विभाजनसंगै खेल तालिका समेत सार्वजनिक गरिएको छ ।
लिग कम नकआउट फर्म्याटको प्रतियोगितामा सहभागी १५ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । हरेक समुहका शिर्ष २ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। क्वार्टरफाइनल पश्चातका सबै खेल नकआउट फर्म्याटमा खेलाइने छ।
कार्यक्रममा काठमाडौं किंग्स एलेभेनले टोलीका डाइरेक्टर अफ क्रिकेट तथा राष्ट्रिय टोलीका पुर्व कप्तान र राष्ट्रिय महिला तथा यू-१९ टोलीका प्रशिक्षक बिनोद दासलाई सम्मानित गरिएको थियो । काठमाडौं किंग्स एलेभेनमा रहेर पुर्याएको योगदानको कदर स्वरुप टोलीले दासलाई सम्मान गरेको हो।
सम्मान कार्यक्रममा बोल्दै काठमाडौं किंग्स एलेभेनका प्रमुख कार्यकारी अधिकृत राज जंग थापाले टोलीमा बिनोद दास जोडीएपछि खेलाडीको मनोबलमा समेत टेवा पुगेको र टोलीको प्रदर्शनमा सुधार आउंदै गरेको बताए ।
गत सिजनको एभरेष्ट प्रिमियर लिगमा तेस्रो स्थान हाँसिल गर्न सफल रहेको टोली काठमाडौं किंग्स एलेभेनको कप्तानी नेपाली राष्ट्रिय टोलीका स्टार अलराउन्डर सोमपाल कामीले गरेका थिए।
टोलीमा सोमपालसंगै विश्व किर्तिमान राख्न सफल आयरल्याण्डका केभिन ओ ब्रायन, युएईका कप्तान रोहन मुस्तफा, आइपिएलको अनुभव बोकेका भारतका अलराउन्डर प्रदिप साहु जस्ता खेलाडीले प्रतिनिधित्व गरिसकेका छन्।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]