default_image

6 years ago

August 17, 2019

क्रिकेट कार्निभलमा सहभागी हुन सोबिज स्पोर्ट्स टिम श्रीलंका प्रस्थान

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सोबिज स्पोर्ट्स नेपालको क्रिकेट टिम श्रीलंकामा १८ देखि २४ अगस्टसम्म आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागिता जनाउन शनिवार त्यसतर्फ प्रस्थान गरेको छ ।

ग्रेट स्पोर्ट्स स्टेप श्रीलंकाको आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलोपटक नेपाली टोलि सहभागी हुन लागेको हो ।

टिमको कप्तानी अंकित प्रताप सिंहले गर्नेछन् । टिमको उपकप्तानमा मणिरत्न कुमार शाह छन् । दटिमको अन्य सदस्यहरुमा बिबेक बुढाथोकी, सबिन बोगटी, सफल केसी, अभियान बस्नेत , अफजल मन्सुर, आयुष लामिछाने, रभि सिंह, पवन ओली, गणेश गौतम, रमेश शर्मा रहेका छन् । टिम प्रशिक्षकको भूमिकामा मोहन कुमार साह छन् ।

कार्निभलको दौरान सोबिज स्पोर्ट्सले ग्रेट स्पोर्ट्स स्टेपको टोलिसँग ४ खेल खेल्नेछ । यस्तै भ्रमणको क्रममा टिमले विशेष प्रशिक्षण समेत लिनेछ । ग्रेट स्पोर्ट्स स्टेपको टोलिमा प्रथम श्रेणी क्रिकेटरहरु रहने बताईएको छ ।

सोबिज स्पोर्ट्सका कप्तान अंकित प्रताप सिंहले भ्रमणले खेलाडीहरुले एक्सपोजर पाउने जसले गर्दा खेलाडीहरुले नयाँ कुरा सिक्न पाउने बताए । सोबिज स्पोर्ट्सले यस अघि थाईल्याण्ड र मलेसियाको पनि भ्रमण गरिसकेको छ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.