default_image

4 years ago

September 29, 2019

ढोरपाटनमा मेयर रनिङ गोल्डकप भलिबल यसै महिना

ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता काठमाडौं (हाम्रो खेलकुद)- बाग्लुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पुर्णिमा मेला आयोजना हुने भएको छ ।    आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकात्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता आयोजना गर्न लागेको हो । […]

34 views

0 Bookmark

ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता
काठमाडौं (हाम्रो खेलकुद)- बाग्लुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पुर्णिमा मेला आयोजना हुने भएको छ ।   


आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकात्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता आयोजना गर्न लागेको हो ।

नेपालीहरुको महानपर्व दशैको कोजाग्रत पुर्णिमाको अवसरमा आयोजना हुने मेलामा पुरुष र महिला नगरपालिकास्तरीय मेयर रनिङ शिलड भलिबल प्रतियोगिता, रस्सा कस्सा, महिला र पुरुष छेलो, जिल्ला स्तरीय खुल्ला ब्याडमिन्ट प्रतियोगिता र जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसिप आयोजना हुनेछ ।

यसबाहेक खुल्ला एकल नृत्य, सामुहिम नृत्य, पञ्चेबाजाका साथै कृषि प्रदर्शनी, सराय नाँच र विविभ झाँकी प्रदर्शन हुने क्लबका अध्यक्ष सोम बहादुर पौ.वी.ले जानकारी गराए ।
प्रतियोतिमा १६ भन्दा बढी टोलीको सहभागिता रहे नकआउट र १६ भ्नदा कम रहे लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर रानले जानकारी गराए । रनिङ गोल्डकप २३ असोजबाट २ कात्तिकसम्म सञ्चालन हुनेछ ।
भलिबलतर्फको पुरुषतर्फको विजेताले स्वर्णजडित कपसँगै १ लाखरु रुपैया हात पार्नेछ । दोस्रोले ६० हजार रुपैया हात पार्नेछ । महिलाको विजोले ६० हजार र उपविजेताले ४० हजार पाउनेछ ।
रस्सा कस्साको विजेताले १५ हजार र दोस्रो हुनेले १० हजार पाउनेछ । पुरुष र महिला छेलो विजेताले १० हजार तथा दोस्रोले ५ हजार पाउनेछ ।
तेक्वान्दोको विजेताले २० हजार दोस्रोले १५ हजार पाउनेछ । ब्याडमिन्टनको पुरुष डबल्स ‘ए’ को विजेताले २५ हजार, दोस्रोले १५ हजार तेस्रो हुनेले समान ३–३ हजार पाउनेछ । पुरुष डबल्स् ‘बी’ ले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले समान २–२ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित लाग ३६ लाख रुपैया रहेको छ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.