default_image

9 years ago

June 14, 2016

म्याराथन धावक बैकुण्ठ मानन्धर र पहिलो ओलम्पियन नामसिंह थापामगर सम्मानित

244 views

0 Bookmark

पोखरा ३०, जेठ
दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धर शनिवार हङकङमा सम्मानित भएका छन । मानन्धरलाई सहारा क्लव हङकङले च्यारिटीको लागि हाईकिङको समापन समारोहमा सम्मान गरेको हो ।

Hiking for charity

हङकङका लागि नेपाली बाणिज्यदूत बलिराम धामीले मान्धरलाई खादा त्यसैगरी सोही अवसरमा नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तर्रा्ष्टि्रय बक्सर नामसिंह थापा मगरलाई समेत सम्मान गरिएको छ। क्लवका सल्लाहकार एवं एनआरएन हङकङका पूर्व अध्यक्ष त्रिलोक याम गुरुङले थापा मगरलाई खादा लगायर सम्मान गरेका हुन। क्लवका अध्यक्ष दीपक गुरुङले सम्मानित दुबैलाई सम्मानपत्र प्रदान गरेका थिए । सो कार्यक्रम क्लबका महासचिक विल तामाङ ले सञ्चालन गर्नुभएको थियो ।

मानन्धर सन १९८४ काठमाण्डौ ,१९८५ ढाका,१९८६ कोलकता दक्षिण एशियाली खेलकुद प्रतियोगिताको म्याराथुनतर्फ स्वर्ण पदक विजेता हुन्। उनको दक्षिण एशियाली म्याराथनको समयमा कीर्तिमान उनको नाममा छ । नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तराष्ट्रिय  बक्सर थापा मगर पूर्वबेलायती गोर्खा सैनिक पनि हुन्। उनी हङकङमै बसोबास गर्छन् । उक्त कार्यक्रममा सल्लाहकार देव गुरुङलेले आर्थिक सहयोग गरेका छन भने ईन्द्र बराह ज्वेलरीका शिव लामिछानेले, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ कान्छा, द गोर्खाज होल्डीङ प्रकास पुन टिसर्ट, क्लबका सल्लाहकारहरु बाट लन्च को सहयोग प्रात्त भएको हाईकिङ करीब सााढे १२ किलोमिटर दुरी रहेको थियो । सो हाईकिङमा १८० जनाले भाग लिएका थिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.