6 years ago
December 18, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – कतार एयरवेज सहिद स्मारक `ए´ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लब र प्रभु जावलाखेल युथ क्लबको खेल गाेलरहित बराबरीमा टुंगिएको छ ।

सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा भएकाे प्रतिस्पर्धात्मक खेलमा दुवै टाेलीले पाएकाे केही माैकालाई सदुपयाेग गर्न सकेन । ११ औं मिनेटमा जावलाखेलले अग्रता लिने सुन्दर माैका खेर फालेकाे थियाे ।
सुजित बुढाथाेकीकाे क्रस पासमा डिफेन्डर अनन्त तामाङ बिट भएपनि विजय घलानकाे प्रहारले पाेष्टकाे दिशा लिन सकेन । १६ औं मिनेटमा थ्रीस्टारका रुपेश केसीकाे बक्स बाहिरकाे प्रहार गाेलरक्षक टेकेन्द्र थापाले सहजै बचाए ।
२७ औं मिनेटमा विजय घलानकै पासमा फाेडे फाेफानाकाे हेडर पाेस्टबाट थाेरै बाहिरियाे । ३५ औं मिनेटमा कप्तान बिक्रम लामाकाे फ्रिकिक गाेलरक्षकले मुस्किलले बचाउदा थ्री स्टार अग्रता लिनबाट चुकेकाे थियाे । ३८ औं मिनेटमा मिक्छेन तामाङले बक्सभित्रबाट गाेलकाे सुन्दर अवरसर खेर फाल्याे । उनकाे प्रहार बाहिरिएकाे थियाे ।
दोस्रो हाफको सुरुवाती समयमा थ्री स्टारले थप आक्रामक खेलेपनि गोल गर्न सकेन । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फरवार्ड विजय भुजेलले ६९ अौं मिनेटमा थ्री स्टारलाई अग्रता दिलाउनबाट चुके । सुशील राईको कटब्याकमा गोलरक्षक बिट भइसकेको अवस्थामा विजयले खाली पोस्टमा गोल गर्न सकेनन् ।
यससँगै दुवै टोलीले लिगमा १-१ अंक बाँडेका छन् । लिगको दोस्रो चरणको खेल बिहीबारदेखि सुरु हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]