default_image

4 years ago

February 24, 2020

सरस्वती र कुललाई मनोरञ्जन रमण शर्मा अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी महिला र कुलबहादुर थापा पुरुषतर्फबाट नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित भएका छन् । उनीलाई बर्ष खेलाडी घोषित गर्दै सोमबार सम्मानित गरिएको हो । अध्यक्ष शर्माले गत वर्षबाट व्यक्तिगत रुपमा अवार्डको सुरुवात गरेका थिए । दुवैले समन ३५ हजार रुपैयाँ प्राप्त गरे । चोटका […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी महिला र कुलबहादुर थापा पुरुषतर्फबाट नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित भएका छन् । उनीलाई बर्ष खेलाडी घोषित गर्दै सोमबार सम्मानित गरिएको हो ।

अध्यक्ष शर्माले गत वर्षबाट व्यक्तिगत रुपमा अवार्डको सुरुवात गरेका थिए । दुवैले समन ३५ हजार रुपैयाँ प्राप्त गरे । चोटका कारण सरस्वती भने कार्यक्रममा उपस्थित भइनन् । दायाँ गोलीगाँठाको चोट बल्झिएपछि सरस्वती कम्तीमा तीन साता कोर्ट बाहिर रहने छिन् ।

शनिबार पवर्तमा दिदीबहिनी कपको फाइनल खेलेर फर्केपछि खुट्टा सुन्निएको थियो । गत महिना संघको आयोजना भएको एनभिए अवार्डमा पनि नेपाल एपिएफ क्लबकी सरस्वती र नेपाल पुलिस क्लबका कुल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

 

सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको खुसीयालीमा अध्यक्ष शर्माले २०७४ को जेठमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । सोही कोषको व्याजबाट बार्षिक रुपमा दुई खेलाडीलाई अवार्ड दिदै आइएको हो ।

सोही अवसरमा एभिसी सेन्ट्रल जोन भलिबलको स्वर्ण पदक विजेता महिला टोलीलाई सम्मान गरिएको थियो । बंगलादेशबाट च्याम्पियन बनेर फर्केपछि नै अध्यक्ष शर्माले व्यक्तिगत रुपमा खेलाडी र टोलीका सदस्यलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.