4 years ago
September 9, 2020
एजेन्सी – इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स फरवार्ड पाउलो डीबालासँग नयाँ सम्झौताको नजिक रहेको बताइएको छ । उनी टोलीका महत्त्वपूर्ण खेलाडी मध्येका एक हुन् । टोलीको च्याम्पियन्स लिग जित्ने अभियानका लागि उनी महत्त्वपूर्ण खेलाडीका रुपमा हेरिएका छन् । युभेन्ट्सका खेलकुद निर्देशक फाबियो पाटाटिकी र डेबालाका एजेन्ट जर्ज अन्टुनबीचको छलफल पछि नयाँ सम्झौताको नजिक पुगिएको बताइएको […]
एजेन्सी – इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स फरवार्ड पाउलो डीबालासँग नयाँ सम्झौताको नजिक रहेको बताइएको छ । उनी टोलीका महत्त्वपूर्ण खेलाडी मध्येका एक हुन् ।
टोलीको च्याम्पियन्स लिग जित्ने अभियानका लागि उनी महत्त्वपूर्ण खेलाडीका रुपमा हेरिएका छन् । युभेन्ट्सका खेलकुद निर्देशक फाबियो पाटाटिकी र डेबालाका एजेन्ट जर्ज अन्टुनबीचको छलफल पछि नयाँ सम्झौताको नजिक पुगिएको बताइएको छ । नयाँ सम्झौता ५ वर्षको हुने बुझिएको छ ।
सम्झौता नविकरणपछि आन्द्रे पिर्लोको टोलीमा डिबाला दोस्रो सर्वाधिक आम्दानी गर्ने खेलाडी बन्नेछन् । टोलीमा क्रिस्टियानो रोनाल्डोले सर्वाधिक पारिश्रमिक लिँदै आएका छन् । यसअघि प्रशिक्षक मौरीजियो सार्रीले सिजनको सुरुवातमा डिबाला आफ्नो योजनामा नरहने संकेत दिँदै उनलाई बेच्न खोजेका थिए । तर डिबालाले सिजनभर राम्रो प्रदर्शन गरे ।
नयाँ सम्झौता अनुसार डीबालाले सिजनमा ७ मिलियन युरो प्राप्त गर्नेछन् । बोनससहित गरेर उनले बार्षिक १० मिलियन युरो सम्म प्राप्त गर्ने सम्भावना रहन्छ । यस सम्झौतासँगै उनी टोलीमा सर्वाधिक तलब लिने सूचिको दोस्रो स्थानमा हुनेछन् । रोनाल्डोले सर्वाधिक ३१ मिलियन युरो बुझ्ने गरेका छन् । डिफेन्डर म्याथिस डे लिग्टले वार्षिक ६.५ मिलियन युरो बुझ्दै आएका छन् ।
नयाँ सम्झौतामा डिबालाले हाल बुझिरहेको ५ मिलियन युरोमा उल्लेख्य वृद्धि हुँदैछ । अर्जेन्टिनी फरवार्ड डिबालाले आफ्नो भविष्य युभेन्टसमा नै समर्पित गरेपछि अन्य टोलीको इच्छामा पनि पूर्णविराम लागेको छ ।
म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन, रियल म्याड्रिडले नयाँ सिजनमा भित्राउने इच्छा देखाएपनि युभेन्ट्सले उनलाई विक्री गर्न चाहेन । गत सिजन टोटेनहमसँग क्लबले सहमति गरेपनि यसपटक भने इंग्लिस टोलीले उनलाई भित्र्याउने योजना अगाडि सारेको थिएन ।
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]
April 17, 2024
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]