default_image

3 years ago

October 31, 2020

हैदराबादलाई बेंगलोरको सामान्य लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रन बनायो । बेंंगलोरका कुनैपनि ब्याट्सम्यान हैदराबादको कसिलो बलिङ सामु खुलेर खेल्न सकेनन् । बेंगलोरले […]

45 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रन बनायो । बेंंगलोरका कुनैपनि ब्याट्सम्यान हैदराबादको कसिलो बलिङ सामु खुलेर खेल्न सकेनन् ।

बेंगलोरले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । सन्दीप शर्माले तेस्रो ओभरको पाँचौ बलमा ओपनर देवदत्त पाडिक्कललाई ५ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । शर्माकै पाँचौ ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई केन विलियम्सनले उत्कृष्ट क्याच लिदै ७ रनमा पेभिलिएन फर्काएका थिए ।

शहबाज नदीमको ११ औं अन्तिम बलमा एबी डी भिलियर्स २४ रनमा अभिषेश शर्माबाट क्याच आउट हुन पुगे । डी भिलियर्सले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे । १२ औं ओभरको चौथो बलमा जोश फिलिपे ३२ रनमा क्याच आउट हुन पुगेपछि बेंगलोर समस्यामा परेको थियो । राशिद खानको बलमा मनिष पान्डेबाट क्याच आउट हुनुअघि फिलिपेले ३१ बलमा ४ चौका प्रहार गरे ।

१८ औं ओभरको पहिलो बलमा वासिन्टन सुन्दरलाई टि नटराजनले २१ रनमा आफ्नै बलमा क्याचआउट गरेका थिए । सुन्दरले १८ बलमा २ चौका प्रहार गरे । क्रिस मोरिस ३ र इसुरु उडाना शून्यमा आउट भए । गुरक्रित मानसिंह १५ रनमा अविजित रहे ।

सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजन, राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.