default_image

3 years ago

November 26, 2020

अपराजित बायर्न नकआउट चरणमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा कायम राख्दै नकआउट चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार १५ औं जित दर्ता गर्ने क्रममा बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३-१ को जित दर्ता गर्यो । घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३ औं मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाएपनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ औं मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्यो । किंग्सले कोमानको प्रहर म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोल हुन पुग्दा साल्ज्बर्ग हारतर्फ उन्मुख देखिएको थियो । ६६ औं मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो । एक खेलाडी कम हुनका […]

50 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा कायम राख्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा लगातार १५ औं जित दर्ता गर्ने क्रममा बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३-१ को जित दर्ता गर्यो । घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३ औं मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाएपनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्यो । किंग्सले कोमानको प्रहर म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोल हुन पुग्दा साल्ज्बर्ग हारतर्फ उन्मुख देखिएको थियो । ६६ औं मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।

एक खेलाडी कम हुनका बाबजुद बायर्नले अग्रता बढायो । ६८ औं मिनेटमा कोमानको पासमा लेरोय सानेले हेडरमार्फत गोल गर्दै सहज जिततर्फ अग्रसर गराएका थिए । ७३ औं मिनेटमा साल्ज्बर्गका मेर्गिम बेरिशाले सान्तवना गोल गरे ।

समूहको अर्को खेलमा एटलेटिको म्याड्रि लोकोमोटिभ मस्कोसँग गोलरहित बराबरीमा रोकियो । एटलेटिकोले खेल अवधिभर बलमा पकड जमाउँदै आक्रमण बुनेपनि लोकोमोटिभको डिफेन्स तोड्न सकेन । ६८ औं मिनेटमा कोकेले गोल गरेपनि भीएआरले त्यसलाई मान्यता दिएको थिएन ।

अपराजित बायर्न ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ । बायर्नले अर्को चरणको टिकट पक्का गर्दा अन्य टोलीको सम्भावना भने खुला छ । एटलेटिको ५ अंकसहित दोस्रो स्थानमा रहँदा लोकोमोटिभ ३ अंकसाथ तेस्रो स्थानमा छ । साल्ज्बर्गको १ अंक मात्र छ ।

रोबर्ट लेवान्डोस्की (१-०)

किंग्सले कोमान (२-०)

लेरोय साने (३-०)

यो पनि : लिभरपुल घरेलु मैदानमा पराजित

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.