default_image

5 years ago

December 1, 2020

कतार ओलम्पिक कमिटीका महासचिव नेपाल आउने

130 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – कतार ओलम्पिक कमिटीका महासचिवसहितको प्रतिनिधि मन्डल बुधबार नेपाल आउने भएका छन् ।

`

प्रतिनिधिमन्डलको नेतृत्व गर्दै कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनई पनि बुधबार काठमाडौं आउन लागेका हुन् ।

कतार ओलम्पिक कमिटीका महासचिवसहितको प्रतिनिधि मन्डलको एक दिने भ्रमणलाई नेपाल ओलम्पिक कमिटीले महत्वका साथ हेरेको छ । नेपाल ओलम्पिक कमिटिले कतार ओलम्पिक कमिटीको प्रतिनिधि मन्डलसँग बुधबारै भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

कतारले सन् २०३० को एसियन गेम्सको आयोजनाका लागि आफ्नो दोवदारी प्रस्तुत गर्दैछ । २१औ एसियन गेम्सको आयोजनाका लागि कतार ओलम्पिक कमिटीले नेपालसँग औपचारिक रुपमा समर्थन माग्ने छ । बिहिबार कतारको भ्रमण टोली स्वदेश फर्केन कार्यक्रम रहेको छ ।

२०३० को एसियन गेम्सका आयोजनाका लागि दोहा र साउदी अरेबियाको रिसाद शहरबिच प्रतिस्पर्धा छ । ओलम्पिक काउन्सिल अफ एसियाको मुल्यांकन समितिले दुवै उम्मेदवार शहरको निरीक्षण गरिसकेको छ ।

डिसेम्बर १६मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा यसका लागि मतदान हुने छ । दोहाले यस अघि २००६ मा एसियन गेम्सको आयोजना गरेको थियो । दोहाले २०२२ को विश्वकप समेत आयोजना गर्दै छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.