default_image

3 years ago

January 8, 2021

लेटाङ माघे संक्रान्ती फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लेटाङ फुटबल क्लब मोरङ नक्सबारीमा शुक्रबार सुरु भएको माघे संक्रान्ती खुला नकआउट फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । उद्घाटन खेलमा नक्सलबारी फुटबल क्लबलाई ३–० ले हराउँदै लेटाङ अन्तिम चारमा पुगेको हो । विजय भुजेल, भुवन राई र उमेश कार्कीले गोल गरेका थिए । विजयले ४२ औं, भुवनले ४७ औं र उमेशले […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेटाङ फुटबल क्लब मोरङ नक्सबारीमा शुक्रबार सुरु भएको माघे संक्रान्ती खुला नकआउट फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

उद्घाटन खेलमा नक्सलबारी फुटबल क्लबलाई ३–० ले हराउँदै लेटाङ अन्तिम चारमा पुगेको हो । विजय भुजेल, भुवन राई र उमेश कार्कीले गोल गरेका थिए । विजयले ४२ औं, भुवनले ४७ औं र उमेशले ६२ औं मिनेटमा गोल गरेका थिए ।

लेटाङका सुमन लिम्बु र सुमन मगरले पहेलो कार्डको सामना गरेका थिए । म्यान अफ म्याच घोषित लेटाङका विजय भुजेलले मेडलसहित २ हजार रुपैयाँ प्राप्त गरे । मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमालले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा मोरङको डागीहाट फुटबल क्लब र सुनसनरीको तालतलैया फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल मगर संघ नक्सलबारी मोरङको आयोजना तथा जन ज्योति क्लब र नक्सलबारी एफसीले संयोजन गर्ने प्रतियोगितालाई गोदावरी विद्या मन्दिर स्कुलले प्रायोजन गरेको प्रतियोगितामा उज्यालो प्रदेश डट कम मिडिया पार्टर रहेको छ ।

त्यस्तै चिसाङ क्रसर उद्योग, उत्तरी मोरङ क्रसर उद्योग र मोरङ कन्स्ट्रसन सह प्रायोजक रहेको प्रतियोगिताको सहयोगीका रुपमा बेलबारी नगरपालिका र नक्सल सामुदायिक बन बेलबारी १ रहेका छन् । उद्घाटन खेल नक्सलबारी एफसी र लेटाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.