5 years ago
January 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रचार शाखामा कार्यरत कर्मचारी चन्द्र प्रसाद पौडेललाई प्रचार प्रसार शाखा कर्मचारी परिवारले बिदाई गरेका छन् ।

सेवा निबृत्त हुन लागेका पौडेललाई शाखा प्रमुख दुर्गा प्रसाद दुलालले कदर पत्र प्रदान गर्दै बिदाई गरेका हुन् । यस्तै शाखाका अन्य कर्मचारीहरुले पौडेललाई मायाको चिनो सहित खादा ओडाएर सम्मानका साथ बिदाई गरे । पौडेल माघ १ गते देखि अवकास प्राप्त गर्दैछन् ।
बिगत ३३ बर्ष देखि अनवरत रुपमा राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारी पौडेल करारमा कार्यरत थिए । ३३ बर्षको सेवामा कति सदस्य सचिव आए कति बरिष्ठ कर्मचारी सेवा निवृत भए तर उनको स्थायी भएर परिवारका लागि केहि सहयोग पु¥याउने सपना भने सपनामानै समाप्त हुने भएको छ ।
एक स्थायी कर्मचारी सेवा निबृत्त हुँदा ठुलो धनरासी लिएर बिदा हुन्छन, तर यती लामो समय सम्म परिषद्लाई सेवा गरेका पौडेल खाली हात बिदाई हुँदैछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]