5 years ago
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले गत महिना बंगलादेशमा आयोजना भएको म्याराथनमा स्वर्णपदक जित्न सफल आफ्नो खेलाडी पुष्पा भण्डारीलाई नगदसहित सम्मानित गरेको छ ।

धाविका पुष्पालाई एपिएफले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर शुक्रबार नगद १ लाख र सम्मान पत्रले सम्मानित गरेको हो । उनलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले १ लाख रुपैयाँको चेक र सम्मानपत्र हस्तान्तरण गरे ।
सम्मानित भएपछि पुष्पाले सम्मानले थप हौसला प्राप्त हुनुका साथै नेपाल राष्ट्रप्रति झनै जिम्मेवारी बोध भएको बताइन् । उनले विभागले खेलाडीलाई गरेको कदरप्रति पनि उच्च सम्मान रहेको बताएकी छिन् ।

पुष्पाले २६ पुसमा बंगलादेशमा भएको शेख मुजिव दक्षिण एसियाली ढाका म्याराथनमा भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितेकी थिइन् । पुष्षाले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी थिइन् ।
पुष्पाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फ रजत विजेता खेलाडी हुन् । पुष्पाले गत मंसिरमा आयोजना भएको धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण जितेकी थिइन् ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]