5 years ago
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश १ को विराटनगरमा मंगलबारदेखि सुरु भएको छ ।

र्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रममा प्रदेश १ का १६ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय ३० जनाको सहभागिता रहेको छ ।
पहिलो दिन सदस्य–सचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राखेपको नयाँ ऐन र सो सम्बन्धमा जानकारी गराएका थिए । डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, अर्चना यादवले इनर्जी सिस्टम इन स्पोर्ट्स पर्फमेन्स र रमन नेपालीले स्पोर्ट्स मोटिभेसन बारे सहभागीलाई जानकारी गराएका थिए ।
चार प्रदेश लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमतीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । विराटनगरपछि प्रदेश २ को वीरगन्जमा माघ २९ र ३० तथा गण्डकी प्रदेशको पोखरामा फागुन २ र ३ गते अभिमुखीकरण कार्यक्रम हुने छ ।
पाँच पूर्वाधार निर्माणमा सम्झौता
राष्ट्रिय खेलकुद परिषद्ले चालु आब भित्र सम्पन्न गर्ने गरि ५ वटा भौतिक पूर्वाधार निर्माण सम्बन्धी स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।

झापाको दमकमा निर्माण भईरहेको नारायण ज्योति बहुउद्देश्यीय कभर्डहलको वाल, बिराटनगरस्थित बैजनाथपुर क्रिकेट खेल मैदान (पिच बाहेक), खादवारी खेल मैदानको (५ स्टेप भएको १५ मिटर लम्बाई) प्याराफिट निर्माण, सिराहाको गोलबजार एकिकृत खेल मैदानमा तार जाली जडान र सुनसरीको वराहक्षेत्र स्थित बसन्तक्रृतु खेलमैदानमा गेट निर्माणका लागि सम्झौता गरेको हो ।
सम्झौता अनुसार राखेपले नारायण ज्योति बहुउद्देश्यीय कभर्डहलको कम्पाउण्ड वाल निर्माणमा ११ लाख २१ हजार ३ सय ६० रुपैयाँ, बैजनाथपुर क्रिकेट खेल मैदान निर्माण गर्नका लागि ११ लाख ८१ हजार, खादवारी खेल मैदानको (५ स्टेप भएको १५ मिटर लम्बाई) प्याराफिट निर्माणका लागि राखेपले १५ लाख, एकिकृत खेल मैदानमा तार जाली जडानका लागि १० लाख र सुनसरीको बसन्तक्रृतु खेलमैदानमा गेट निर्माणका लागि १० लाख रुपयाँ उपलब्ध गराउने सम्झौता भएको र अपुग रकम स्थानिय उपभोक्ता समितिले बेहोर्नेछ ।
सम्झौता कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेप सदस्यद्धय हरि खड्का, रेनुका श्रेष्ठ, बिभागिय प्रखुखद्धय कुलवहादुर थापा र अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]