default_image

3 years ago

March 1, 2021

पोखरा स्पोर्ट्स अवार्डको पुरस्कार राशिमा वृद्धि

पोखरा (हाम्रो खेलकुद) – पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी विभिन्न ७ विधामा अवार्ड प्रदान गर्नेछ । […]

22 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो ।

मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी विभिन्न ७ विधामा अवार्ड प्रदान गर्नेछ । तीमध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ ।

तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले पाउनेछन् । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा हालै सम्पन्न बैठकले उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डतर्फ पुरस्कार राशि ३५-३५ हजार रुपैयाँ पुर्‍याएको हो ।

यसअघि उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई २५-२५ हजार, उत्कृष्ट खेल संघलाई १५ हजार र पत्रकारलाई २० हजार नगद दिइँदै आएको थियो ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद राशि छैन भने वर्ष खेलाडी पुरुषलाई मोटरसाइकल र वर्ष खेलाडी महिलालाई स्कूटर दिइनेछ । अवार्डको मुख्य प्रायोजक बतास ब्रदर्श हो । आयोजकले अवार्डको आवश्यक तयारी तीव्र पारेको छ ।

अवार्डको लागि गठित विभिन्न उपसमिति संयोजक एवं सदस्य एवं सल्लाहकारसँग छलफल गरी सुझाव लिएको महासचिव विजय नेपालले जनाए ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.