5 years ago
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान दुईदिने प्रतियोगिता चैत्र २६ गतेदेखि सुनसरीमा हुन भएको छ ।

बिहिवार पत्रकार सम्मेलनमा आयोजक नेपाल डोरीतान संघका अध्यक्ष भवानी पौडेलले डोरीतान विश्वकै प्राचिन खेल भएकाले यसको विकास र विस्तारका लागि छिमेकी राष्ट्र समेतको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागको बताए । उनले भने स्कुल र कलेजमार्फत डोरीतान खेललाई बिस्तार गदैछौं ।
आयेजक जिल्ला सुनसरीका अध्यक्ष निश्चलराज शाक्यले प्रतियोगितामा मित्र राष्ट्र भारतको २ टिम, प्रदेश १,प्रदेश २, बागमति प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ तीन विभागिय टिम नेपाल आर्मी,नेपाल एपीएफ क्लब, नेपाल पुलिस, भूपू ब्रिटिस गोरखा र आयोजकको टिम गरि १२ टोलीको सहभागिता रहने जानकारी गराए ।
अन्तर्राष्ट्रिय डोरीतान महासंघको नियम अनुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाईने छ । दुहवी नगरपालिका सरस्वती माबीको खेल मैदानमा हुने खेलको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा शाक्यले जानकारी गराए ।
डोरीतान संघका वरिष्ठ उपाध्यक्ष सुर्य भट्राई,उपाध्यक्ष एवंम मनमोहन स्पोर्टस् एकेडेमीका अध्यक्ष सुभाषश्री पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]