default_image

5 years ago

March 25, 2021

बंगलादेश जाने कबड्डी टोलीलाई बिदाई

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहिबार बिदाई गरिएको छ ।

अखिल नेपाल कबड्डी संघकी अध्यक्ष माननिय साँदस तुलसा थापाले एक कार्यक्रमका विच नेपाली टोलीलाई शुभकामना सहित बिदाई गरिन् । टोलीलाई बिदाई गर्दै साँसद थापाले नेपाली खेलाडीहरुले उच्च प्रदर्शनका साथ पदक हात पार्नेमा आफु बिश्वस्त रहेको भन्दै खेलाडीहरुलाई स्वागत गर्न र पदक हात पारेको खण्डमा नगद पुरस्कारले सम्मान गर्न आफु लालायित रहेको बताईन् ।

मार्च २८ देखि संचालन कुने प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेशका २ टोली, पोल्याण्ड, केन्या र श्रीलङका गरि ६ टिमको सहभागिता रहने नेपाली टोली नेता संघका उपाध्यक्ष बिरेन्द्र यादवले जानकारी गराए ।

यादवको नेतृत्वमा बंगलादेश जाने टोलीको प्रशिक्षकमा उमेश कुमार प्रधान र ब्यवस्थापकमा बिष्णु दत्त भट्ट रहेका छन् । यस्तै खेलाडीहरुमा लालमोहर यादव, प्रविण खड्का, रंजीत गजमेर, रामु टमाटा, बिनोद तामाङ्ग, प्रदीप मिजार, कुमार लामा, कल्याण भुजेल, नागेश्वर थारु, बन्धु राना रहेका छन् । यस्तै निर्णायकमा हिमाल रञ्जित र पशुपती प्रजापति रहेका छन् । टोली आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.