default_image

3 years ago

March 25, 2021

नेपाली खेलाडीसम्मिलित मासा बराबरीमा रोकियो

एजेन्सी – चार नेपाली राष्ट्रिय खेलाडी सम्मिलित मासा युनाइटेड राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा कराची युनाइटेडसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा मासा र कराचीले दुई गोलको बराबरी खेल्दै अंक बाडेका छन् । यो बराबरीसँगै समूह ‘बी’ मा मासा युनाइटेड शीर्षस्थानमा रहेको छ । समान अंक भएपनि कराची गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । […]

50 views

0 Bookmark

एजेन्सी – चार नेपाली राष्ट्रिय खेलाडी सम्मिलित मासा युनाइटेड राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा कराची युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

बिहीबार भएको खेलमा मासा र कराचीले दुई गोलको बराबरी खेल्दै अंक बाडेका छन् । यो बराबरीसँगै समूह ‘बी’ मा मासा युनाइटेड शीर्षस्थानमा रहेको छ । समान अंक भएपनि कराची गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा मासाकी एरिवा अब्दुल र सरु लिम्बुले गोल गरिन् । कराचीकी जुलफिया नाजिर
३९औं मिनेटमा नेपाली फरवार्ड अनिता केसीको पासमा एरिवा अब्दुलले गोल गर्दै मासालाई १–० ले अघि बढाइन् ।

४७औं मिनेटमा जुलफियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । ५४औं मिनेटमा सरु लिम्बुले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत हुदा मासाले खेलमा २–१ को अग्रता लियो् ।

तर, मासाको त्यो अग्रता लामो समय टिकेन । ५७औं मिनेटमा एलिया अलादिनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । पेनाल्टी बक्सबाहिरको प्रहारलाई नेपाली गोलरक्षक एन्जिला तुम्वाप्पो सुब्बाले बचाउने प्रयास गरेपनि सफल हुन नसक्दा गोल हुन पुगेको थियो ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.