default_image

5 years ago

March 31, 2021

काम नगर्ने संघ खारेज गर्ने सदस्य सचिवको चेतावनी

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काम नगर्ने राष्ट्रिय खेल संघहरुलाई खारेज गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले चेतावनी दिएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ एकेडेमीको कार्यक्रम घोषणा कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव सिलवालले भने,‘ केहि योजना नबुझाउने, सरकारको नीति निर्देशन अनुसार अडिट रिपोर्ट नबुझाउने संघहरुलाई खारेज गरिनेछ ।

आक्रमण शैलीलेमा सिलवालले थपे,‘ जुन संघले खेलाडी, प्रशिक्षक, अफिसियल उत्पादन गर्दैन, प्रतियोगिता आयोजना गर्दैन त्यस्ता संघ जीवित हुनु भन्दा मृत भए राम्रो हुन्छ ।’ राखेपमा २ सय भन्दा बढी संघहरु क्रियासिल रहेको प्रसंग कोट्याउँदै उनले भने,‘ खेलकुद गतिविधि नभएका, मैदान नभएका संघ पनि जिल्लामा गठन भएका छन् ।’

सिलवालले भोटका लागि आफ्नो अस्तित्व राखेको, विदेश जाने मनसायका साथ फर्जी काम गरेको पाइएमा त्यस्ता संघलाई कडाई निगरानी गरिने संकेत गर्दै उनले थपे,‘ त्यस्ता संघ खारेज हुनेछन् । यो तपाईहरुले लेखिदिएपनि हुन्छ ।’ सिलवालले खेलकुदको विधामा पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । खेल पत्रकारले मात्र खेलकुदको समाचार बुझ्ने उल्लेख गर्दै सदस्य सचिव सिलवालले भने, ‘ खेलकुदका संघले पत्रकारलाई प्राविधिक कुरा बुझाउन जरुरी छ ।’

खेलकुद पत्रकारहरुको छाता संगठन एनएफजेएफले खेलकुद पत्रकारितालाई व्यस्थित र व्यवसायिक बनाउने उद्देश्यका साथ एनएसजेएफ एकेडेमी स्थापना गरेको जनाएको छ । एकेडेमीका संयोजक तथा मञ्चका उपाध्यक्ष निरञ्जन अधिकारीले मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्देश्यका साथ स्थापना गरिएको प्रष्ट पारे ।

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले खेल पत्रकारको व्यवसायीक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने विश्वास लिएको बताए । उनले भने ‘सरकार र खेलकुदका सरोकारवाला निकायको सहयोग विना एकेडेमीको काम अघि बढाउन कठिन छ । एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भुमिका खेल्नेछ ।’युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले एकेडेमीमार्फत गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरे । उनले सरकारको तर्फबाट गर्न सकिने साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षता समेत अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । ‘धेरै खेलको रिपोर्टिङ भएको छैन । समाचारमा खेलको विस्तृत विश्लेषण हुँदैन , उनले भने,‘ अब एकेडेमीले समग्रतामा सिङ्गो खेलकुदलाई मद्दत गर्दछ । राम्रो भूमिका खेल्छ । यसले खेलकुदलाई परिवर्तन गर्नेछ भन्ने विश्वास छ । एनओसी सहकार्य गर्न तयार छ ।’

मन्त्रालयका सचिव केदार न्यौपानेले एकेडेमीले आगामी दिनमा धेरै राम्रो काम गर्ने विश्वास लिएको बताए । उनले भने ,‘खेलकुदको रिपोर्टिङ गर्दा खेललाई विश्लेषण गरेको कमै देखिन्छ । बाहिरको जस्तो सबै खेलको विज्ञता नेपालमा पनि हुनुपर्छ । यसमा एकेडेमीले भुमिका खेल्ने विश्वास छ ।’

एनओसीका पूर्व अध्यक्ष ध्रुव बहादुर प्रधानले अन्य एकेडेमी भन्दा एनएसजेएफले यसको महत्वलाई राम्रोसंग बुझाउन सक्ने धारणा राखे । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसजेएफसंग सहकार्य गर्दै खेल पत्रकारिताको विकासमा एन्फा सहयोग गर्न तयार रहेको बताए ।

एन्फाको सहयोगमा मञ्चले प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गर्ने पनि सो अवसरमा जानकारी दिइएको थियो ।एनएसजेएफका महासचिव प्रज्वल ओलीले खेलकुद विकासमा खेल पत्रकारको दक्षता अभिवृद्धिको विषयले भुमिका खेल्ने धारणा राखे ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.