default_image

3 years ago

April 11, 2021

आइपिएलमा हैदराबाद र कोलकाता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को तेस्रो खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ बजे चेन्नईमा सुरु हुने छ । दुबै टोली विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । कोलकाताको कप्तानी इंग्ल्यान्डका कप्तान ओईन मोर्गन र हैदराबादको अष्ट्रेलिया […]

47 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को तेस्रो खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ बजे चेन्नईमा सुरु हुने छ ।

दुबै टोली विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । कोलकाताको कप्तानी इंग्ल्यान्डका कप्तान ओईन मोर्गन र हैदराबादको अष्ट्रेलिया ओपनर डेविड वार्नरले गर्ने छन् । यी दुबै ब्याट्सम्यान आक्रामक ब्याटिङका लागि चर्चित अन्तर्राष्ट्रिय नाम हुन् ।
कोलकाताले चार विदेशी खेलाडीको कोटामा सकिब अल हसन, मोर्गन, आन्द्रे रसेल र प्याट कमिन्सलाई मौका दिने सम्भावना छ । ओपनिङ सुभमन गिल र नितेश रानाले गर्ने सम्भावना छ । मोर्गन, दीनेश कार्तिक र सकिब हल हसनले मध्यक्रममा ब्याटिङ सम्हाल्ने छन् ।

फिनिसरमा आन्द्रे रसेल छन् । रसेलले आफ्नो लय समाएका टोलीलाई सहज जित दिलाउन सक्छन् । आक्रामक र ठूला सटका लागि परिचित रसेलले एकै ओभरमा खेललाई मोड्न सक्छन् । प्याट कमिन्स पनि तल्लोक्रममा ठूला सट प्रहार गर्न सक्छन् । हरभजन सिंह र बरुण चक्रबर्तीलाई स्पिन हतियार हुन् । तीव्र गतिमा प्याट कमिन्सलाई प्रसिद्ध कृष्णा र कमलेश नगरकोटीले साथ दिने सम्भावना छ ।हैदराबादले आफ्नो चार विदेशी खेलाडीको कोटामा वार्नरसँगै जोनी बेयरस्टो, राशिद खान र जेसन होल्डरलाई मौका दिन सक्छ । बेयरस्टोको स्थानमा विलियम्सनलाई पनि मैदान उतार्न सक्छ ।

यी दुबै खेलाडीलाई बेन्चमा राखेर जेसन रोयलाई वार्नरका साथ ओपनिङ गराउन सक्छ । ओपनिङ वार्नर र बेयरस्टोले गर्ने छन् । मध्यक्रममा मनिष पाण्डे, प्रियम गर्ग र विराट सिंहलाई मौका दिन सक्छ । तल्लोक्रममा युवा ब्याट्सम्यान अब्दुल सामद कोलकातालाई घातक बन्न सक्छन् । अब्दुल ठूला सटको लागि परिचित उदाउँदा भारतीय युवा अलराउन्डर हुन् । तीव्र गतिका बलरमा भुवनेश्वर कुमार र टि नटराजन हुने छन् । नटराजन योर्करका लागि माहिर छन् । पछिल्लो समय भारतीय टोलीमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।


गतवर्ष दुबै खेलमा कोलकाता विजयी भएको थियो । पछिल्ला पाँच खेलको भेटमा कोलकाता तीन खेलमा विजयी भएको छ । २ खेलमा पराजित भएको छ । यी दुई टोलीबीच कुल १९ खेल भएको छन् । जसमा कोलकाता १२ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.