default_image

3 years ago

April 11, 2021

पासाङ ल्हामु स्मृति कप भलिबल बैशाख दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको स्मृतिमा उनकै जन्मस्थान सोलुखुम्बुमा प्रथम पासाङ ल्हामु स्मृति कप गाउँ स्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता बैशाख दोस्रो साता आयोजना हुने भएको छ । आयोजकले राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सगरमाथाको फेदि खुम्बु पासाङ ल्हामु गाउँपालिका सुर्केमा ८, […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको स्मृतिमा उनकै जन्मस्थान सोलुखुम्बुमा प्रथम पासाङ ल्हामु स्मृति कप गाउँ स्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता बैशाख दोस्रो साता आयोजना हुने भएको छ ।

आयोजकले राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सगरमाथाको फेदि खुम्बु पासाङ ल्हामु गाउँपालिका सुर्केमा ८, ९ र १० बैशाखमा हुने जानकारी गराएको हो । राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाले सगरमाथामा पहिलोपटक पाइला टेकेको दिन १० बैशाखमा फाइनल खेल हुनेछ ।

आयोजक कमिटिका संयोजक जाङ्बु शेर्पाले महिलालाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गरिएको बताए । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले प्रतियोगितालाई सफलताको शुभकामना दिदै यस प्रतियोगितालाइ संघका वार्षिक क्यालेन्डरमा राख्ने विषयमा छलफल गरिने बताएका छन् । यस्तै आयोजकले प्रतियोगितालाई निरन्तरता दिने बताएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ १५ देखि १६ र महिलामा ६ भन्दा बढी टोलीको सहभागिता हुन सक्ने आयोजकले जनाएको छ । खेलहरु लिग कम नकआउटका आधारमा हुनेछ । सेमिफाइनलदेखि बेस्ट अफ फाइभमा हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत तर्फका उत्कृष्ट खेलाडी, सेटर र स्पाइकरलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि करिव १५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

April 24, 2024

साविक विजेता न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्लेयर अफ दि म्याच मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शनमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

Success

Thank you for your time.