default_image

3 years ago

April 14, 2021

नेपाली क्रिकेट २०७७ वर्षलाई फर्केर हेर्दा…

भुपेन्द्र जि.सी. / काठमाडौं कोरोना महामारीको भुमरिमा फसकेको नेपाली क्रिकेट २०७७ निस्कने प्रयासमा सकिएको छ । कोरोना महामारीले लकडाउनबाट सुरुवात भएको नयाँ वर्ष अन्त्य ललितपुर मेयर वुमन्स च्याम्पियनसिप हुँदै भयो । २०७७ अन्तर्राष्ट्रिय खेल विहिन बनेपनि घरेलु मैदानमा नेदरल्याड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजका साथ २०७८ को सुरुवात गर्ने छ । २०७७ मा अन्तर्राष्ट्रिय प्रतियोगिता विहिन […]

59 views

0 Bookmark

भुपेन्द्र जि.सी. / काठमाडौं

कोरोना महामारीको भुमरिमा फसकेको नेपाली क्रिकेट २०७७ निस्कने प्रयासमा सकिएको छ । कोरोना महामारीले लकडाउनबाट सुरुवात भएको नयाँ वर्ष अन्त्य ललितपुर मेयर वुमन्स च्याम्पियनसिप हुँदै भयो । २०७७ अन्तर्राष्ट्रिय खेल विहिन बनेपनि घरेलु मैदानमा नेदरल्याड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजका साथ २०७८ को सुरुवात गर्ने छ । २०७७ मा अन्तर्राष्ट्रिय प्रतियोगिता विहिन बनेको नेपालमा चार घरेलु क्रिकेट प्रतियोगिता भए । केहि आशा र सम्भावना देखिए । निराशा, विवाद र आलोचना पनि त्यतिनै रह्यो ।

महिला प्रधानमन्त्री कपमा गण्डकी प्रदेशकी १३ वर्षिय जोत्स्निका मरासिनी देखि सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) मा अक्सनमा अनसोल्ड हुनु यस वर्ष खेलाडीका चर्चाका विषय हुन् । कोरोनाले लामो समय ठप्प रह्यो । क्रिकेटमात्र होईन सम्पूर्ण खेलकुद शून्य रहे ।


भदौंमा पुरुष र महिला टोलीको कोरोना वीमा गरेको थियो । सुरुमा कोरोना वीमा पुरुषको मात्र गरेपनि चर्को आलोचनापछि महिला टोलीको पनि गरेको थियो । भदौंमा नै क्यानले मुख्य प्रशिक्षक सहित पाँच पदको लागि खुल्ला आव्हान् गरेपनि पूर्ती पुषमा गरेको थियो । असोज पहिलो साता क्यान केन्द्रिय बोर्ड बैठक चितवनमा बसेको थियो । पहिलो पटक महिला टोलीलाई केन्द्रिय ग्रेडिङमा राख्दै पारिश्रमिक दिने निर्णय गरेको थियो । क्यानको गैर जिम्मेवारी र गम्भीर लापरवाहीले महिला र पुरुष दुबै ग्रेडिङमा चर्को अलोचनामा फस्य । चौतर्फी आलोचनापछि क्यानले कप्तान प्रशिक्षक सहितको समिति गठन गर्दै केहि कुरा सुधार गरेको थियो ।

नेपाल प्रिमियर लिग (एनपिएल) भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्तावले क्यान झन आलोचनामा पर्यो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द देखि, कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का सम्मका खेलाडी कोरोना संक्रमणको शिकारबाट बच्न सकेनन् । तिज, दशैं तिहार र छठ पर्वमै नेपाली क्रिकेट अलमलियो ।

त्यसपछि मंसिर दोस्रो साता कोरोना महामारीपछि पहिलो पटक पुरुष टोलीको बन्द प्रशिक्षण थालेको थियो । बन्द प्रशिक्षणमा २७ खेलाडी बोलाईएको थियो । बन्द प्रशिक्षणमा सुरुमा बोलाइएका कप्तान ज्ञानेन्द्र मल्ल सहित केहि खेलाडीमा कोरोना संक्रमण देखिएपछि पाँच खेलाडी थपिएको थियो । त्यसपछि महिला र पुरुष प्रधानमन्त्री कपको लागि जिल्ला र प्रदेश छनोट अघि बढेका थिए । जसले घरेलु क्रिकेटमा रौनक फर्किएको थियो ।


पुषमा क्यानले अष्ट्रेलियन प्रशिक्षक देभ ह्वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । सन् १९९६ मा श्रीलंकालाई विश्वकप उपाधि जिताएका ह्वाटमोर नेपालमा आएका हालसम्मकै ठूला नाम थिए । उत्साह खुसी र आशा बढायो । पूर्व कप्तान तथा यू१९ क्रिकेटका प्रशिक्षक विनोद दासलाई म्यानेजर (व्यवस्थापक) मा नियुक्त गर्दै केहि राम्रो संकेत दियो ।

पुष दोस्रो साता दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा महिला टि२० क्रिकेट मार्फत नेपालमा १० महिनापछि घरेलु क्रिकेट फर्किएको थियो । ७ प्रदेश र नेपाल एपिएफ क्लबले गरि ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । एपिएफको एकछत्र बाहुल्यता तोड्दै प्रदेश–१ ले उपाधि जितेपछि प्रतियोगिता चर्चा झन् बढ्यो । जसमा गण्डकी प्रदेशी १३ वर्षिय जोत्स्निका मरासिनीको चर्चाले महिला क्रिकेट र प्रतियोगिताले राम्रो उचाई लिएको थियो ।


उक्त प्रतियोगितापछि क्यानले माघमा प्रधानमन्त्री कप पुरुष प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्यो । क्यानले खेलाडीलाई खेलमा ब्यस्त राख्न काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै काठमाडौं मेयर कप आयोजना गरेको थियो । चैतमा ललितपुर महानगरपालिका सहकार्यमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप प्रतियोगिता सम्पन्न गर्यो ।

यू१९ पुरुष प्रतियोगिताको लागि चौधरी ग्रुपको वाइ वाइ सँग वार्षिक ७० लाख सम्झौता गर्यो । कुशल मल्ल, सोमपाल कामी र करण केसीले टि१० लिगमा सहभागिता जनाए । जसले समर्थकमा उत्साह थपेको थियो ।


सकरात्मक पक्ष :

विश्वनै कोरोनाबाट अछुतो रहेन । यो अवस्थामा केहि खेलाडीमा कोरोना संक्रमण देखिएपनि ठूलो मात्रमा भने क्षति हुन सकेन । खेलाडीको कोरोना वीमा भयो । पहिलो पटक महिला टोलीका खेलाडी ग्रेडमा समावेश भए । कोरोना महमारीको चुनौतीको सामना गर्दै घरेलु क्रिकेट सम्पन्न भए । नेपालले विश्वकप विजेता देश ह्वाटमोर प्रशिक्षकका रुपमा पाउन सफल भयो । काठमाडौं र ललितपुर महानगरपालिकासँग आर्थिक सहयोग लिँदै प्रतियोगिता गर्नु अर्को राम्रो काम थियो । खेलाडीलाई पछिल्लो समय केहि समय व्यस्त रहे । अन्तर्राष्ट्रिय टोली बोलाउँदै सिरिज गर्नु सकरात्मक कुरा हुन् ।

आलोचना र असफल


सुरुमा कोरोना महामारीको समयमा क्यानले सिमित खेलाडीको कोरोना वीमा गर्यो । २० खेलाडी मात्र कोरोना वीमा पर्याप्त थिएन । उमेर समूह खेलाडीको पनि कोरोना वीमा गर्नुपर्ने थियो । केहि खेलाडी कोरोना महामारीको कारण ठूलो मारमा परे । खेलाडीले कुनैपनि राहत पाउन सकेनन् । क्यान र सरकार दुबैले कुनै पहल गरेनन् । ‘लाटाले पापा’ हेरे जस्तै हेरेर बसि रहे । ग्रेड विवाद क्यानले आलोचनामा पर्यो ।

६ महिना ग्रेड भने पनि हाल सम्म नयाँ निकाल्न सकेको छैन । पारिश्रमिक पनि पाउन सकेका छैनन् । क्यानले प्रशिक्षक देखि म्यानेजर नियुक्त गर्न निकै ढिलो गरेको थियो । सबै आइसिसीलाई कारण देखाएको थियो । कोरोनापछि बन्द प्रशिक्षणमा बोलाउन धेरै ढिला गरेको थियो । पुरुष टोलीलाई बन्द प्रशिक्षणमा बोलाउँदा महिला टोलीको हुन सकेन ।

उमेर समूह राष्ट्रिय प्रतियोगिता यो वर्षपनि हुन सकेन । पछिल्लो ६ वर्षमा ग्रास रुट शून्य छ । शून्यबाट माथि उठ्न पनि यो वर्ष सकेन । यस वर्ष नेपालका तीन आइसिसी विश्वकप लिग–२ का खेल स्थगित भए । नेपालले विदेशी टोलीसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय सिरिज खेल्न सक्थ्यो । तर नेपाल त्यहाँ चुक्यो । नेपाली क्रिकेट यो वर्ष घरेलु क्रिकेटमै सिमित रह्यो । समग्रमा ग्रेड विवाद, एनपिएल ठेक्का, वीमा, क्यानको पुरानै शैली र प्रवृद्धी आदी विवादित कुरा रहे ।

आगमी पहल :


क्यानले २०७७ मा गर्न नसकेपनि २०७८ मा घरेलु मैदानमा वैशाख ४ देखि नेदरल्याड्स र मलेसियासँग टि२० आई त्रिकोणात्मक सिरिज खेल्ने छ । क्यानले मे तेस्रो साता नामिबियासँग ओडिआई सिरिज खेल्ने तयारी गरेको छ । क्यानले वैशाखमै भारतको उत्तराखण्ड महिला टोलीसँग एकदिवसिय र टि२० टोली खेल्ने तयारी छ । त्यस्तै यू-१९ प्रतियोगिताको लागि वाई वाईसँग सम्झौता गरेको छ ।

आगमी सम्भावना र तयारी

नेपालले २०७८ मा यू-१९ विश्वकप र महिला विश्वकप छनोट खल्ने छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल ब्यस्त रहने छ । यस वर्ष स्थगित भएका तीन त्रिकोणात्मक सिरिज पनि २०७८ मै हुने सम्भावना छ । २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि ग्लोबल छनोट खेल्ने छ । जसले नेपालले यो वर्ष निकै महत्वपूर्ण हुने छ । क्रिकेट सिनियर, महिला र यू१९ टोलीसँग ब्यस्त रहने छ ।

समग्रमा सुरुवात मध्यसमय अलमलमै आलोचना र विवादमा रहेपनि अन्त्य भने राम्रो र सकरात्मक रह्यो ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.