काठमाडौं (हाम्रो खेलकुद)- कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलीडारिटी कपको लागि प्रकाश बुढाथोकि चोटका कारण उपलब्ध नहुने भएका छन्।
दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा फाइनल खेलमा फ्रकिक मार्फत विजयी गोल गरेका प्रकाश बुढाथोकि चोटका कारण सोलिडारीटि कपमा सहभागि नहुने भएका छन्। घुँडाको चोटले ग्रस्त प्रकाशले प्रशिक्षणमा भाग लिएपनि चोट बल्झिएपछि नखेल्ने भएका हुन्।
उनको अनुपस्थितिसंगै राष्ट्रिय टोलीमा विंगरमा नयाँ नाम आउने सम्भावना रहेको छ। जगजित र प्रकाशजस्ता बाँया खुट्टाले खेल्ने राम्रा खेलाडी टोलीमा नहुँदा सुजल श्रेष्ठ र बिमल घर्ती मगरमाथि थप आशा गरिएको छ।