default_image

3 years ago

April 18, 2021

मेस्सी चम्कदा बार्सिलोना कोपा डेल रे च्याम्पियन

एजेन्सी – दोस्रो हाफमा १२ मिनेटको दौरानमा चार गोल गरेपछि क्याटलान क्लब बार्सिलोना कोपा डेल रेको च्याम्पियन बनेको छ । ला लिगा प्रतिद्धन्द्धी एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन बन्दा सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । सेभियामा शनिबार राति भएको खलेमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले दुई […]

127 views

0 Bookmark

एजेन्सी – दोस्रो हाफमा १२ मिनेटको दौरानमा चार गोल गरेपछि क्याटलान क्लब बार्सिलोना कोपा डेल रेको च्याम्पियन बनेको छ ।

ला लिगा प्रतिद्धन्द्धी एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन बन्दा सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

सेभियामा शनिबार राति भएको खलेमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान १–१ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव हुदाँ १२ मिनेटको अन्तरमा चार गोल भएको थियो ।

कोपा डेल रेको सर्वाधिक सफल ३१ पटकको च्याम्पियन बार्सिलोना २०१८ पछि पहिलोपटक कोपा डेल रेको च्याम्पियन बनेको हो । बिल्वाओ लगातार दुई सिजन फाइनलमा पुगेपनि उपाधि जित्नबाट बञ्चित बन्यो । २०१९ मा भ्यालेन्सिया च्याम्पियन बन्दा बिल्वाओ यो सिजनसहित गत सिजनको फाइनलमा पराजित भएको थियो । गत सिजनको गत महिना भएको फाइनलमा रियल सोसिडाड च्याम्पियन बनेको थियो ।

सेभियामा शनिबार राति भएको खेलमा बिल्वाओले पहिलो हाफमा बार्सिलोनालाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । ६०औं मिनेटमा एन्टोइन ग्रिजमनले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ६३औं मिनेटमा फ्रान्की डि योङले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसपछिको दुवै गोल कप्तान लियोनेल मेस्सीको नाममा रह्यो । ६८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अग्रसर गराए । त्यसको चार मिनेटपछि ७२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जितसहित च्याम्पियन बनाए ।

८६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए । बिल्वाओविरुद्ध बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेको थियो । यस्तै रोनाल्ड कोम्यानले प्रशिक्षकको रुपमा बार्सिलोनामा पहिलो उपाधि जित्न सफल भए । उनी यसै समरमा नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकको पद छाड्दै बार्सिलोना आएका थिए ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.