काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आर्मीका भीमबहादुर गुरुङले अन्नपूर्ण १०० हिमालयन ट्रेल रेस नेपालअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौड जितेका छन् ।
ट्रेल रनिङ नेपालको आयोजनामा कास्कीको बेगनासतालबाट सुरु भएको दौड याङ्जाकोट, चासु, ताङ्तिङ हुँदै सिक्लेस पुगरे टुंगिएको थियो । वीरबहादुर तामाङ दोस्रो र धर्म महर्जन तेस्रो भएका थिए । भीमबहादुरले २०, वीरबहादुरले १० हजार र धर्मले ५ हजार प्राप्त गरेका छन् ।