default_image

3 years ago

June 14, 2021

रोमान्चक खेलमा नेदरल्यान्ड्सको जित

एजेन्सी – डिफेन्डर देन्जेल डमफ्रिजले प्रभावशाली प्रदर्शन गरेपछि युरोपेली च्याम्पियनसिप अन्तर्गत निकै रोमान्चक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई पराजित गरेको छ । युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि ३-२ को हार बेहोर्न पुग्यो । समूह सी अन्तर्गत आम्स्टरड्याममा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा घरेलु टोली नेदरल्यान्ड्सले आक्रमण […]

39 views

0 Bookmark

एजेन्सी – डिफेन्डर देन्जेल डमफ्रिजले प्रभावशाली प्रदर्शन गरेपछि युरोपेली च्याम्पियनसिप अन्तर्गत निकै रोमान्चक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई पराजित गरेको छ । युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि ३-२ को हार बेहोर्न पुग्यो ।

समूह सी अन्तर्गत आम्स्टरड्याममा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा घरेलु टोली नेदरल्यान्ड्सले आक्रमण बुनेपनि गोलरक्षक जर्ज बुस्कान टोलीका लागि बाधक बनेका थिए । मेम्फिस डिपाए र जिओर्जिनिओ वाइनाल्डमले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका थिएनन् ।

दोस्रो हाफको ५२ औं मिनेटमा भने कप्तान वाइनाल्डमले गोल गर्दै टोलीलाई अग्रता दिलाए । देन्जेल डमफ्रिजको क्रसलाई गोलरक्षक बुस्कानले बचाएपनि रिबाउन्डलाई वाइनाल्डमले पहिलो टचमा नै शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । त्यसको सात मिनेटपछि नै घरेलु टोलीले अग्रता दोब्बर पार्यो ।

वोट वेघर्स्टले पेनाल्टी क्षेत्रभित्र क्लिअर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए । गोल गर्नुअघि डम्फ्रिजले फल गरेको भन्दै युक्रेनका खेलाडीले विरोध गरेअनि रेफ्रीले भीएआरको सहयोग लिँदा गोलले मान्यता पाएको थियो ।

७५ औं मिनेटमा युक्रेनले गोल गर्दै खेलमा फर्कने संकेत दियो । रोमन यारेम्चुकको पासमा कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काए । त्यसको ४ मिनट नबित्दै यारेम्चुकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । रुस्लान मालिनोभ्स्कीको क्रसलाई उनले हेडरमार्फत गोलमा परिणत गरेका थिए ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा नेदरल्यान्ड्सले पुन: अग्रता लियो । डेन्जेल डमफ्रिजले हेडरमार्फत गोल गर्दै टोलीलाई फेरी अघि बढाएका थिए । उनले नाथन आकेको पासमा गोल गरेका थिए । नेदरल्यान्ड्सले युरोको समूह चरणको खेलमा एक भन्दा बढी गोल गरेको यो दोस्रो अवसर हो । युक्रेनले युरोमा ६ खेलपछि गोल गरेपनि कुनै अंक जोड्न सकेन ।

यस जितसँगै नेदरल्यान्ड्सले समूह सी मा ३ अंक जोडेको छ । अंक तालिकामा भने टोली अष्ट्रियाभन्दा पछि छ । अष्ट्रियाले आइतबार भएको पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले पराजित गरेको थियो ।

खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । उनले मार्सल साबिट्जरको क्रसलाई फार पोस्टबाट गोल गर्न सफल रहेका थिए । त्यसको १० मिनेटपछि नै म्यासेडोनियाले बराबरी गोल फर्कायो । कप्तान गोरान पान्डेभले पेनाल्टी क्षेत्र भित्र गोलरक्षकले बचाउन नसकेको बललाई सहजै गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफको ७८ औं मिनेटमा ग्रेगोरीचको गोलमा अष्ट्रिया पुन: अग्रता लिन सफल भयो । दायाँ विंगबाट कप्तान डेविड अलाबाले गरेको उत्कृष्ट क्रसलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरेका थिए । ८९ औं मिनेटमा अर्नाउटोभिचले गोल गर्दै अष्ट्रियाको जित पक्का गरे । कोन्राड लाइमरले फ्लिक गर्दै डिफेन्सलाई बिट गरेपछि प्राप्त पासलाई अर्नाउटोभिचले गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल रहेका थिए ।

अष्ट्रियाले युरोपेली च्याम्पियनसिपको इतिहासमा पहिलो जित दर्ता गर्न सफल रहयो । तेस्रो पटक युरो खेलिरहेको अष्ट्रियाले डेब्यु गरिरहेको म्यासेडोनियालाई हराउनुअघि २ जित र ४ हारको नतिजा बेहोरेको थियो । यस जितसँगै अष्ट्रियाले समूह सी मा ३ अंक जोडेको छ ।

त्यसअघि उपाधिको बलियो दावेदार मानिएको इंग्ल्यान्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको थियो । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा जित सहित सुरुवात गरेको हो ।

युरोको इतिहासमा यसअघिका सबै संस्करणमा पहिलो खेलमा जित हात पार्न नसकेको इंग्ल्यान्ड उक्त खराब रेकर्डमा पूर्णविराम लगाउन सफल रहयो । खेलको सुरुवातदेखि नै क्रोएसियालाई दवावमा राखेको इंग्ल्यान्डले खेलको छैटौ मिनेटमा अग्रता लिनबाट चुकेको थियो । फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

नवौं मिनेटमा काल्भिन फिलिप्सको भली प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले मुस्किलले नियन्त्रणमा लिए । पहिलो हाफमा क्रोएसियाले कुनै पनि गतिलो पोस्ट आक्रमण बुन्न सकेन । घरेलु टोलीले दोस्रो हाफमा पनि क्रोएसियालाई दवावमा राख्दा ५७औं मिनेटमा अग्रता लिन सफल भयो ।

लिड्सका मिडफिल्डर काल्भिन फिलिप्सले दुई खेलाडीलाई बिट गर्दै दिएको चलाखीपुर्ण पासमा रहिम स्टर्लिङले गोल गरेका थिए । क्रोएसियन डिफेन्डरले उक्त प्रहार ब्लक गर्ने प्रयास गरेपनि वान टचमै गरेको प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिकको हातमा लाग्दै गोल हुन पुगेको थियो । स्टर्लिङको पछिल्लो १७ खेलमा यो १३औं गोल हो । उनले ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

६०औं मिनेटमा मासन माउन्टको क्रसमा कप्तान ह्यारी केनले सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं मिनेटमा माटियो कोभासिसको पेनाल्टी बक्स बाहिरको प्रहार रिवाउन्ड हुदा एन्टी रेविचको प्रहार बाहिरिदा क्रोएसिया बराबरीबाट चुक्यो । ६७औं मिनेटमा मासन माउन्टको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा इंग्ल्यान्डले अग्रता दोब्बर पार्न सकेन ।

यो जितपछि समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा रहेको छ । यो समूहको चेक रिपब्लिक र स्कटल्यान्डबीको खेल सोमबार राति हुनेछ ।

यो पनि : युरोमा बेलिंग्हमको कीर्तिमान

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.