default_image

3 years ago

June 16, 2021

गोलको खुसी मनाउँदा प्रतिबन्धमा परे अर्नाउटोभिच

एजेन्सी – अष्ट्रियाका फरवार्ड मार्को अर्नाउटोभिच गोलको खुसीयाली मनाउने क्रममा विपक्षी खेलाडीलाई लक्षित गरेपछि युरोपेली च्याम्पियनसिपको अर्को खेलबाट प्रतिबन्धमा परेका छन् । अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले पराजित गरेको खेलमा अर्नाउटोभिचले तेस्रो गोल गरेका थिए । खेलको ८८ औं मिनेटमा गोल गरेपछि उनले विपक्षी खेलाडीलाई लक्षित गर्दै गोलको खुसी मनाएका थिए । उनलाई आफ्नै टोलीका […]

71 views

0 Bookmark

एजेन्सी – अष्ट्रियाका फरवार्ड मार्को अर्नाउटोभिच गोलको खुसीयाली मनाउने क्रममा विपक्षी खेलाडीलाई लक्षित गरेपछि युरोपेली च्याम्पियनसिपको अर्को खेलबाट प्रतिबन्धमा परेका छन् ।

अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले पराजित गरेको खेलमा अर्नाउटोभिचले तेस्रो गोल गरेका थिए । खेलको ८८ औं मिनेटमा गोल गरेपछि उनले विपक्षी खेलाडीलाई लक्षित गर्दै गोलको खुसी मनाएका थिए । उनलाई आफ्नै टोलीका कप्तान डेविड अलाबाले समेत रोक्नुपरेको थियो । त्यसै घटनालाई यूईएफएले छानविन गर्दै एक खेलको प्रतिबन्ध लगाएको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका उनले अब नेदरल्यान्ड्सविरुद्ध खेल गुमाउने छन् । प्रिमियर लिगमा खेलिसकेका अर्नाउटोभिच पछिल्लो समय चाइनिज लिगमा खेल्दै आएका छन् । उनले नेदरल्यान्ड्सविरुद्ध सुरुवाती रोजाइमा खेल्ने सम्भावना रहेपनि प्रतिबन्ध लागेपाच अब उनी खेलमा आबद्ध हुने छैनन् ।

नर्थ म्यासेडोनियाले खेलपछि उनको व्यवहारलाई लिएर अधिकारिक रुपमा यूईएफएलाई पत्र लेखेको थियो । अर्नाउटोभिचले विपक्षी खेलाडी एग्जान एलिओसकीलाई लक्षित गरेको टोलीको आरोप थियो । अर्नाउटोभिचले खेलपछि सामाजिक संजालमार्फत माफी समेत मागेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.