default_image

4 years ago

June 19, 2021

ओलम्पिक डे ५ दिनसम्म मनाइने

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आधुनिक ओलम्पिक गतिविधिको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिकसँग आवद्ध विश्वभरिका राष्ट्रहरुले विविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आज (शनिबार) बाट ५ दिन मनाईने भएको छ ।

नेपालमा मनाइने ओलम्पिक डे कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
मन्त्री मियाले नेपाल ओलम्पिक कमिटी ( एनओसी ) को सातदोबाटोस्थित मुख्यालयमा नेपालको झण्डोत्तोलनसँगै पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे ।

कार्यक्रमलार्ई सम्वोधन गर्दै मन्त्री मियाले नेपाली खेलकुदको विकासका लागि टिम स्पिरिटको भावनाले अघि बढ्ने बताएका छन् । आफु राजनीतिज्ञ मात्र नभई बिकास क्षेत्रबाट अगाडि आएकोले पहिले भन्दा अहिले अझै राम्रो गर्न कसरी सकिन्छ कि दत्तचित्त भएर लाग्ने बताए । त्यसका लागि उनले सवैको साथ र सहयोगको अपेक्षा रहेको बताए । उनले खेलकुदको विकासका लागि आफु सबै प्रकारको सहयोग गर्न र जुनसुकै समयमा सहयोग गर्न तयार रहेको बताए ।

एनओसीका अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिकसँग आवद्ध विश्वका सवै राष्ट्रमा विभिन्न कार्यक्रमहरु आयोजना भईरहेको र त्यहि क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमसहित ५ दिन सम्म संचालन हुने जानकारी दिए । उनले खेलाडी मात्र नभई सबैलाई समेटेर ब्यापक रुपमा ओलम्पिकसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । उनले ओलम्पिक डेलाई भब्यताका साथ मनाउने उद्धेश्य रहेता पनि कोभिड महामारीका कारण खुम्चिनु परेको समेत बताए ।

सोही अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठले मैत्रीपूर्ण टेबल टेनिस खेलेका थिए । कार्यक्रमका संयोजक कमिसनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गर्दे ओलम्पिक डेको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कमिटिका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज रावबैद्य, उपाध्यक्ष ज्याती राणा, अशोक बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव तुलसा थापा, रामजी बहादुर श्रेष्ठ, सदस्यहरु, ओलम्पियनहरुको उपस्थिति रहेको थियो । ओलम्पिक डेका अवसरमा नेपालका ३५ जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने भएको संयोजक श्रेष्ठले बताए ।

काठमाडौं उपत्यकामा ओलम्पिक डेको उद्घाटन भएसँगै पोखरमा आर्चरी संघको आयोजनमा टोकियो ओलम्पिकलाई मध्यनजर राख्दै प्रशिक्षणमा रहेका खेलाडीहरुले आर्चरी खेलको प्रदर्शन गरेका छन् ।

यस्तै फेन्सिङ संघको आयोजनामा फेन्सिङ प्रदर्शन, बाँकेमा मंगोलियन जुडो डोजोद्वारा जुुडो खेल प्रदर्शनका साथै भिएस निकेतन स्कुलले २५० बिद्यार्थीहरुलाई भर्चअल चित्रकला आयोजना गरि मनाएका छन् । ५ दिन सम्म चल्ने कार्यक्रम ओलम्पिक डे (जुन २३) का दिन सम्पन्न हुने बताइएको छ ।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले २९ जुनसम्म ओलम्पिकको लागि खेलाडीको अन्तिम नामावली आउने भएकाले सो अवधिसम्म नेपालका लागि थप कुनै नै कुनै खेलको लागि वाइल्ड कार्डको लागि पहलको प्रयास भइरहने बताएका छन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.